खेलकुद विकासका लागि विश्वविद्यालयः मन्त्री मण्डल
खेलकुद मन्त्री सत्यनारायण मण्डलले नेपालमा खेलकुद विकासका लागि विश्व विद्यालय नै खोलेर सरकार अघि बढेने बताएका छन् । अन्य देशहरुमा खेलकुद विकासको लागि विद्यालयदेखि विश्व विद्यालय स्तरमै खेलकुद अध्ययन हुने उल्लेख गर्दै नेपाल पनि त्यसतर्फ अघि सरिरहेको बताए । १ जेठमा मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा निर्माणाधिन प्राकृतिक रंगशालाको निरीक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
मुलुकमा अझै पञ्चयात कालको ऐन कानून कार्यान्वयनमा रहेकोले अब संविधान बनेसंगै त्यसलाई परिवर्तन गरिने बताउँदै मन्त्री मण्डलले खेलकुद विकासको लागि नयाँ कानून बन्ने बताए । ‘अबको कानूनमा खेलकुद विश्व विद्यालय हुन्छ,’–उनले थपे ।
थाहा नगरपालिकाको इन्द्रायणी चौरमा निर्माणाधिन प्राकृतिक रंगशालालाई अन्तराष्ट्रिय खेलकुद मैदानको रुपमा विकास गर्नका लागि पूर्वाधार जुटाउनको लागि मन्त्रालयबाट सक्दो सयोग गर्ने मण्डलले बताए । प्राकिृतिक रंगशाला सहित कवर्डहल, खेलकुदका विद्यार्थी तथा प्रशिक्षक बस्ने होस्टेलको समेत निर्माणमा एकजुट हुन उनले आग्रह गरे । चौर मिचेर साँघुरो पार्न नभई त्यसलाई फराकिलो बनाउन थाहानगरबासी जुट्न आग्रह गरे ।
कार्यक्रममा मकवानपुर २ नंबर निर्वाचन क्षेत्रका सांसद सुभाषसिंह ठकूरीले क्षेत्रिय रंगशालाको रुपमा रहेको प्राकृतिक रंगशालाको डिपीआर निर्माण भइरहेको बताउँदै अन्तराष्ट्रिय स्तरको मैदान बनाउन काम भइरहेको बताए । रंगशाला निर्माण पूरा गर्न आफूले सहयोग गर्ने बताए । रंगशाला भौतियो योजना तथा निर्माण मन्त्रालय, नगर विकास कोषको ६८ लाख आर्थिक सहयोगमा निर्माण कार्य शुरु भएको छ ।
कार्यक्रममा थाहानगर खेलकुद विकास समितिका उपसंयोजक राजेश केसी, जनकल्यण उच्च माविका प्राचार्य सानोभाइ कार्की, नयाँ शक्ति अभियान नेपालका केन्द्रीय परिषद सदस्य ज्योती रायमाझी, नेपाली काँग्रेसका निरोज प्रधान नेकपा एमाले थाहानगर कमिटी अध्यक्ष अच्युत्तमप्रसाद ढकाल, थाहानगर उृद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुरुषोत्तम ढकाल, तथा स्थानीय नगर स्तरीय राजनिितक दलका प्रमुख, संघसंस्थाका प्रमुखहरुको उल्लेख्य सहभागिता रहेको थियो ।