अन्तरविरोध हल गरिने :लालध्वज
हेटौंडा/ नेपाल समाजवादी ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष लालध्वज नेम्वाङले श्रम र पुँजी विचको अन्तरविरोध हल गर्न यो महासंघको जन्म भएको बताएका छन् ।
सोमबार हेटौंडामा गरिएको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष नेम्वाङले पुरानै कार्यशैली र पुरानै ढाँचाको संगठनको संरचना मजदुरहरुलाई स्विकार्य नहुने जिकिर गरे । मजदुर शोषण र दमनमा परेको भएता पनि बन्द, हडताल, तालाबन्दी जस्ता गैर जिम्मेवारी कार्य आफ्नो संगठनले नगर्नेमा प्रतिबद्धता जनाउदै उनले समस्याको समाधान भद्र सम्वादबाट गरिनेमा जोड दिए । कार्यक्रममा मजदुर नेता रामशरण घिमिरेले जिल्लाका के कस्ता मजदुर मुद्दालाई केन्द्रिय तहबाट सम्वोधन गर्न आवश्यक रहेको भन्दै अध्यक्षको ध्यानाकर्षण गराएका थिए
कार्यक्रममा ज्ञानेन्द्र लामिछाने, हरी कार्की, भक्तबहादुर केसी, ढलक केसी लगायतका मजदुरहरुले इ रिक्सा, सेक्युरिटी, औद्योगिक तथा होटल मजदुरका समस्यलाई समाधानको पहल गरिदिन आग्रह गरेका थिए ।
कार्यक्रममा नयाँ शक्ति नेपाल अन्तरिम केन्द्रीय परिषद सदस्य विवेक वाइवा, ३ नं क्षेत्रीय संयोजक मिहिन बहादुर लामा लगायतले मजदुरको समस्याका बारेमा आफ्नो धारणा राखेका थिए । कार्यक्रममा निर्माण, यातायत, सेक्युरिटी, औद्यागिक, होटल लगायतका मजदुरहरुको उल्लेख्य सहभागिता रहेको थियो ।