टिस्टुङमा अन्तरक्रिया र अभिमुखीकरण

टिस्टुङ/टियर फण्ड र बाल कल्याण समाज मकवानपुरको साझेदारीमा टिस्टुङ गाविसमा संचालन हुने कार्यक्रमहरुको अभिमुखीकरण तथा संरक्षणसम्बन्धी सवालहरुमा अन्तरक्रिया गरिएको छ । 

बिहीबार टिस्टुङ गाविसको हलमा एक कार्यक्रमको आयोजना गरी अभिमुखीकरण गरिएको हो ।  टिस्टुङ गाविसका सचिब राजेन्द्रप्रसाद चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा गाविसका प्रतिनिधि, वडा नागरिक मञ्चका संयोजकहरु, महिला स्वास्थ्य स्वयंसेविका, निगरानी समूहका सदस्यहरु, मानव बेचबिखन तथा ओसारपसार विरुद्ध स्थानीय समिति लगायतको सहभागिता रहेको थियो । 

कार्यक्रममा सहभागीहरुलाई परियोजना संयोजक कुमार नेगीले परियोजनाअन्तर्गत संचालन गरिने कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए । सो अवसरमा गाविसमा बालबिवाह, महिलामाथि हुने हिँसा, बाल संरक्षण, बानव बेचविखन तथा भूकम्पपछिको अवस्थाहरुको बारेमा छलफल गरिएको थियो । 

All news in One Place