नाडेपको केन्द्र प्रमुखहरुको भेला तथा अन्तरक्रिया


थाहानगर/नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड पालुङ शाखा कार्यालयको प्रथम केन्द्र प्रमुख भेला तथा अन्तरक्रिया कार्यक्रम बिहीबार पालुङमा भएको छ । 

नाडेपका केन्द्रीय कार्यलयका प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद आत्रेयको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । 

थाहा नगरपालिका(दामन, पालुङ, बज्रवाराही), चित्लाङ, भैंसे, नामटार र मार्खु गाविसमा रहेका केन्द्र प्रमुखहरुको सहभागिता रहेको कार्यक्रममा संस्थाको गतिविधि, आगामी कार्यक्रम, सदस्यता वृद्धि तथा आत्मनिर्भरता तथा प्रभाकारी संचालन सम्बन्धमा विस्तृत रुपमा छलफल भएको नाडेप पालुङ शाखा प्रमुख कृष्णप्रसाद दाहालले बताए । 

नाडेपका इलाका कार्यालय हेटौंडाका प्रमुख राजनकुमार श्रेष्ठको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । 

All news in One Place