गोरखनाथ मन्दिर संरक्षणमा युवा एकजुट


मकवानपुरको थाहा नगरपालिका ,७ डाँडागाउँमा रहेको श्री सद्गुरु गोरखनाथ बाबाको मन्दिरको संरक्षणको स्थानिय युवाहरु एकजुट भएका छन्। बुधबार भएको भेलाले गणेश विष्टको नेतृत्वमामा  ११ सदस्यीय मन्दिर संरक्षण संगठन निर्माण गरिएको छ । समितिको सचिबमा आकृती विष्ट, कोषाध्यक्ष सिम्रन खड्का, सदस्यहरुमा राजकुमार भुजेल, जितेन्द्र विष्ट, कृष्ण विष्ट, अनुप बस्नेत, दिपराज के।सी, दुर्गा विष्ट, विजय कुमार विष्ट, र प्रदिप विष्ट सदस्यको रुपमा चयन भएका छन् । गठित कार्यसमितिले मन्दिरको सरसफाई, भौतिक संरचना, बर्तमान निर्माणको कार्यमा सहयोग, प्रचार प्रसार लगायत संरक्षणमा विशेष रुपमा ध्यान दिने नव निर्वाचित अध्यक्ष गणेश विष्टले बताए ।  
विभिन्न राजनैतिक दल , स्थानिय बुद्धिजीवी, सामुदायिक प्रहरीका चित्र बहादुर बस्नेत, वडा संयोजक ईन्द्र जंग खड्का र सरोकारवालाहरु लगायतको उपस्थितिमा  संरक्षण समिति गठन गरिएको हो ।

All news in One Place