सलोनको बहुप्रतिक्षित 'गाजलु' जेठ २८ मा

सलोन बस्नेत अहिलेका यूवापुस्ताका लोकप्रिय कलाकार हुन् । 'होस्टेल' चलचित्रपछि यूवापुस्तामाझ अझ लोकप्रिय बनेका सलोनले अभिनय गरेको नयाँ चलचित्र 'गाजलु' यहि जेठ २८ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैंछ । सानो छँदा एक दर्जनबढि चलचित्रमा अभिनय गरेका सलोनले 'होस्टेल'पछि, 'लब सब' लगायतका सफल चलचित्रमा अभिनय गरे ।

उनले अभिनय गरेका अधिकाशं चलचित्रहरुलाई दर्शकहरुले पनि निकै रुचाउँदैं आएका छन् । त्यहि क्रममा उनको अर्को बहुप्रतिक्षित चलचित्र गाजलु प्रदर्शनमा आउँदैंछ । अनमोल केसी र सृष्टि श्रेष्ठको मुख्य भुमिका रहेको चलचित्र गाजलुमा सलोन बस्नेतको पनि मुख्य भुमिका रहेको छ । उनले अनमोलसँग यसअघि होस्टेलमा एकसाथ अभिनय गरेका थिए । होस्टेलबाट अत्याधिक रुचाइएका सलोन र अनमोल मिल्ने साथी समेत हुन् । 

यि दुईको जोडीलाई होस्टेलमा दर्शकहरुले अत्याधिक रुचाएपछि चलचित्र गाजलुका निर्माता रोहित अधिकारीले यस चलचित्रमा दोहोर्याएका हुन् । चलचित्र गाजलुमा होस्टेलमा सँगैं देखिएका गौरब पहारीपनि छन् । केहि समय अगाडी सार्वजनिक चलचित्र गाजलुको ट्रेलरमा सलोनको कमेडी शैलीलाई दर्शकहरुले यति बेला राम्रै रुचाइरहेका छन् । अनमोलको साथीको भुमिकामा गाजलुमा अभिनय गरेका सलोनले यस चलचित्रलाई आफ्नो करियरको सबैभन्दा विशेष चलचित्रको रुपमा समेत हेरेका छन् । हेमराज वीसीले निर्देशन गरेको चलचित्र गाजलुलाई रोहित अधिकारीले निर्माण गरेका हुन् । चलचित्रमा अनमोल केसी, सलोन बस्नेत, गौरी मल्ल, गौरव पहारी, श्रृष्टी श्रेष्ठ, मेनुका प्रधान मुख्य भूमिकामा छन् । चलचित्रलाई एफडी कम्पनीले महंगो ‘एमजी’ पनि दिइसकेको छ ।

All news in One Place