थाहामा तीन स्वयंसेविकालाई सम्मान

मकवानपुर थाहा नगरपालिकामा क्रियाशील उत्कृष्ट तीन महिला स्वास्थ्य स्वयंसेविका सम्मानित भएका  छन् । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले थाहा नगरपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी दामन, पालुङ र बज्रवाराहीका एक/एक महिला स्वास्थ्य स्वयं सेविकालाई सम्मान गरेको हो । जिल्ल स्वास्थ्य कार्यालय मकवानपुरका सिनियर अहेब भोला चौलागाईको उपीसथतीमा भएको कार्यक्रममा दामनकी सप्तदेवी गोपाली, पालुङकी सावित्री बस्नेत र बज्रवाराहीकी लक्ष्मी विडारीलाई नगद ३/३ हजार रुपियाँ सहित सम्मान गरिएको हो ।  
थाहा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख सुदर्शन पहेलीको सभाध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिकाका योजना शाखा प्रमुख प्रकाश लामा। राजश्व शाखा प्रमुख डोल्मा लामा, सूचना अधिकारी सुरजकुमार भुजेल लगायतकाको उपस्थिती थियो । 

All news in One Place