शिवम्लाई मन्त्रालयको समस्या टुंग्याउंन एकहप्ताभित्र कार्ययोजना
५ वर्षदेखि हटियामा सञ्चालन भएर पांच गाविसलाई असर पर्ने गरी खानी उत्खनन् गरेको भन्दै शिवम् सिमेन्ट उद्योगलाई हप्ताभित्र स्थानीयको समस्या समाधान गर्न उद्योग मन्त्रालयले ठाडो निर्देशन दिएको
छ ।
उद्योग सञ्चालन पूर्व सरकारसंगको सर्त कार्यान्वयन नगरेको भन्दै शिवम्लाई मन्त्रालयले निर्देशन अनुसार अगाडि नढ्न निर्देशन दिएका छन् । शिवम् खानीबाट प्रभावित मकवानपुरका पांच गाविस, आमभञ्ज्या, गढी, सुकौरा, बुढिचौर र ठिगंनका स्थानीय बासिन्दाले बिहीवार उद्योग मन्त्री सोमप्रसाद पाण्डेलाई शिवम्को लापरबाहीको बारेमा जानकारी गराउंदै यसको निराकरण तत्काल हुनुपर्ने माग राखेका छन् । करिब २ महिना लगाएर दी नेक्ष्ट जेनेरेशन कन्सल्टेन्सी प्रालीले अध्ययन गरेको प्राबिधिक रिपोर्ट अध्ययनपछि मन्त्री पाण्डेले स्थानीयको समस्या तत्काल समाधान नगरे मन्त्रालय गम्भीर निर्णय लिन बाध्य हुने ६ जेठमा चेतावनी दिएका छन् ।
स्थानीय प्रभावित बासिन्दासंग बिहीबार मन्त्रालय भेट्दै्र मन्त्री पाण्डेले पाच गाविसको खाद्य सुरक्षा, जनजीवनमा परेको समस्या र वातावरणीय प्रभावलाई मुल्यांकन गरेर खानी सञ्चालन गर्न निर्देशन दिएका हुन् । स्थानीयसंग समन्वय गरी खानी सञ्चालन गर्न निर्देशन दिदै मन्त्री पाण्डेले भने एक हप्ताभित्र उद्योगले खानी उत्खनन्बाट पर्न गएको समस्या समाधानगर्न काम सुरु गर्नुपर्छ । उद्योगको खानीले पुयाएको क्षति रोक्न तत्काल कार्य योजना बनाएर अघि बढ्न उद्योगलाई निर्देशन दिए । यसअघि पटकपटक उद्योगलाई समस्या अवगत गराउँदा समेत अटेर गरेको भन्दै सभासद सुवासचन्द्र ठकुरीले अव उद्योगले मन्त्रालयको निर्देशन पालना गरेर अघि बढ्न सुझाब दिए ।
शिबम्को खानीले पाँच गाविसमा बाढी पहिरोको खतरा, पानी धमिलो हुने, मुहान सुक्ने समस्या, खानीको ओभरवटमका कारण खोलाको सतह बढेको समस्या सभासद ठकुरीले मन्त्री पाण्डेलाई जानकारी गराए । खानीका कारण त्यहाका हजारौ परिवार विस्थापीत हुने खतरामा रहेको बताउदै स्थानीय खानी पीडित बिदुर हुमागाईले भने खानीका कारण यहाँका परिवार विस्थापीत हुदा उद्योगपनि बिस्थापीत हुनेछ । अनियमित खानी उत्खनन्ले त्याहाका बासिन्दालाई धेरै खालका समस्या परेको गुनासो गरे । उद्योगका सुरेन्द्र गोयलले खानी सञ्चालनमा उद्योगका तर्फबाट भएको गल्ती स्विकार गर्दै मन्त्रालयको निर्देशनलाई पालना गर्ने बताए । उनाले स्थानीयको माग अनुसार समन्वय गरेर समस्या समाधान गर्न उद्योग तयार रहेको प्रतिबद्धता मन्त्री पाण्डे सामु गरे । मन्त्रालयमा सभासद ठकुरीसहित पाँच गाविसका खानी पीडित बासिन्दाको सहभागिता थियो ।
प्राविधिक रिपोर्ट अनुसार खानीबाट निस्किएको ओभर वटन व्यवस्थापन गर्न १३ करोड रुपियां लाग्ने भएको छ । प्रँविधिकले असार अवागै ओभर वटनको व्यवस्थापन गर्न आग्रह गरेका छन् । स्थानीय पीडितले शिवम् र सरकारले ओभर वटन व्यवस्थापन गर्न आर्थिक सहयोग गर्नुपर्ने माग राखेका छन् । शिवम्को कारण सुकौराको उक्त पहाड खानी उत्खनन् गर्दा चिरा परेको र वर्षायाममा भूक्षय हुन सक्ने प्राविधिकले बताएका छन् । स्थानीय पीडितले शिवम्को ज्याजतिको विषयमा केही दिनअघि १० दिनसम्म आन्दोलन गरेका थिए ।
