भूकम्पपीडितलाई सिसीडिएनको सहयोग

मकवानपुर थाहा नगरपालिकाका भूकम्प पीडितहरुका लागि अस्थायी आवास निर्माण तथा न्यानो कपडाको लागि सिसीडिएनले सहयोग गरेको छ । आइसिसिओको आर्थिक सहयोगमा सिसीडिएनले भूकम्प पीडितहरुका लागि अस्थायी आवास निर्माण गर्न थाहा नगरपालिका वडा नंबर २ को ५१ घरधुरी, ३ को ५० घरधुरी, ९ को ६८ घरधुरीलाई २५ हजारको दरले सहयोग गरेको कार्यक्रम संयोजक जगत बजगाइले बताए । ६ जेठमा पालुङ बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको सभाहलमा भएको कार्यक्रममा राहत रकम वितरण गरिएको हो । थाहा नगरपालिकाका कार्यकारी अधिकृत भीम परियारको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगरपालिकाका प्रशासन शाखा प्रमुख अनिल लामिछाने, पालुङ बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका सहायक व्यवस्थापक रामप्रसाद ढकाल लगायत संघ संस्थाका प्रतिनीधिहरुको सहभागिता रहेको थियो । 
भूकम्पपछि सिसिडिएनले थाहा नगरमा पीडितका लागि न्यानो कपडा कार्यक्रम अन्तर्गत पनि सहयोग गरेको छ । कार्यक्रम अन्तर्गत थाहा नगरपालिका थाहा ९ मा २८९, वडा नंबर २ मा २५० र थाहा नगरपालिका वडा नंबर ३ मा २५० परिवारलाई न्यानो कपडा वितरण गरेको हो । पीडितहरुलाई न्यानो कपडा अन्तर्गत प्रति परिवार १२ हजारको दरले सहयोग गरेको सिसिडिएनले जनाएको छ । 


All news in One Place