आग्राको सुन्दरी देवी माविमा सिभिल इन्जिनियारिङ विषयको पढाई हुने

शुभराज गोले ।

आग्रा मकवानपुर जिल्लाको दुर्गम गाविस आ
ग्राको डा“डाबास स्थित श्री सुन्दरी देवी माविमा यसै शैक्षिक सत्र २०७३ साल देखी सिभिल इन्जिनियरिङ विषयको पढाई शुरु हुने भएको छ ।
नेपाल सरकारको एक निर्वाचन क्षेत्र एक प्राविधिक शिक्षालय नीति अनुरुप यसै वर्ष विद्यालयले अनुमति प्राप्त गरेको हो । कक्षा ८ उत्तिर्ण विद्यार्थीहरु मध्येबाट प्रवेश परीक्षामा सफल अधिकतम ४८ जना विद्यार्थीलाई भर्ना लिन सकिने विद्यालयले जनाएको छ ।
मकवानपुर जिल्ला निर्वाचन क्षेत्र नं ४ अन्तर्गत पर्ने यस विदयालय विक्रम संवत २०२१ सालमा स्थापना भएको भएता पनि २०६४ सालमा मात्र मावि तहको कक्षा अपग्रेड भएको थियो । छोटो समय मै भौतिक तथा शैक्षिक रुपमा विकास भइरहेको यस विद्यालयलाई प्राविधिक शिक्षालयको रुपमा छनौट भएकोमा विद्यालयका प्रधानाध्यापक प्रताप सिं गोलेले खुशी व्यक्त गरे ।
हाल नब्बे प्रतिशत भन्दा बढी तामाङ समुदायका बालबालिकाहरु अध्ययन गर्ने यस विद्यालयमा सिभिल इन्जिनियरिङ विषय अध्ययन गर्नको लागी छिमेकी गाविसहरु गोगने,डा“डाखर्क ,थाहा नगरपालिका र धादिङ जिल्लाका उत्तरी गाविसहरुबाट समेत विद्यार्थीहरु अध्ययन गर्न आउन सकिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनायक गोलेले बताए । साथै यही  जेठ १३ गते भित्र फारम भरी १४ गते हुने प्रवेश परीक्षामा सहभागि हुन सकिने विद्यालयले जनाएको छ ।

All news in One Place