सहीदहरुको सम्झनामा दीप प्रज्वलन


थाहानगर /नवौं गणतन्त्र दिवसको अवसरमा थाहा नगरपालिका कार्यालयले मैनवत्ती प्रज्वलन गरेको छ । 
१६ गते आइतबार नगरपालिका प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी मैनवत्ती प्रज्वलन गरिएको हो । 
तीन दिन गणतन्त्र दिवस मनाउने कार्यक्रम अन्तर्गत सहीदहरुको सम्झनामा दीप प्रज्वलन गरिएको थाहा नगरपालिकाका कार्यकारी अधिकृत भीमबहादुर परियारले बताए । 
कार्यक्रममा नगरपालिकाका कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, सेना, प्रहरी, गैरसरकारी संस्था लगायतको सहभागिता थियो । 

All news in One Place