भीमसेन पाख्रिन २२ दिनदेखि बेखबर

थाहानगर/थाहा नगरपालिका वडा नं. ६ का ४० वर्षीय भीमसेन पाख्रिन हराइरहेका छन् । उनी २२ दिनदेखि सम्पर्कमा नरहेको र खोजी कार्य गर्दा कतै फेला नपरेको उनको परिवारले जनाएको छ । 

उनी गत पुसदेखि शिवम् सिमेन्ट कारखानामा कार्यरत थिए । २५ बैशाखपछि काममा नगएको भन्ने खबर पाएपछि उनका परिवारले उनको खोजी शुरु गरेको थियो । 

अन्दाजी साँढे पाँच फिटका उनी गहुँगोरो वर्णका छन् । मंगोलियन अनुहार भएका उनको गाला हल्का रातो छ । 
आफ्नो श्रीमान्को खबर नपाएपछि उनको श्रीमति अहिले विह्वल अवस्थामा रहेको बताइएको छ । 

उनको आफन्त र प्रहरीले उनको खोजी गरिरहेका छन् । उनलाई कतै देखेमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न वा परिवारलाई जानकारी गराइदिन उनको परिवारले आग्रह गरेको छ । 

All news in One Place