लेकाली बसिफाँटमा छात्रवृत्ति वितरण
मकवानपुरको नामटार गाविसमा रहेको श्री लेकाली बसिफाँट माविमा १७ जेठमा जिल्ला शिक्षा कार्यालयबाट प्राप्त छात्रवृत्ति वितरण गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद लामाको उपस्थितीमा विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको हो ।
कक्षा २ देखि ९ सम्मका २५० जनालाई रु.४०० को दरले छात्रवृत्ति रकम वितरण गरिएको शिक्षक यस लामाले विकासखबरलाई जानकारी दिए । कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिका पदाअधिकारीहरुको उपस्थिती रहेको थियो ।

