राप्रपा नेपाल थाहानगर अध्यक्षमा कार्की

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको १७ जेठमा थाहानगर अधिवेशन सम्पन्न भएको छ । पार्टीको पहिलो नगर अधिवेशनबाट हरेराम कार्कीलाई सर्वसम्मत अध्यक्षतामा निर्वाचित भएका छन् । कार्की थाहानगर तदर्थ समितिको पनि संयोजक थिए । समितिको उपाध्यक्षमा शंकर महर्जन र कल्पना खड्का निर्वाचित भएका    छन् । 
त्यसैगरी सचिवमा प्रमोद केसी तथा सहसचिवमा नवीन रायमाझी र भावना श्रेष्ठ निर्वाचित भएकाछन् । राप्रपा नेपाल थाहानगरको कोषाध्यक्षमा पूर्णध्वज केसी लगायतका सदस्यहरु रहेका छन् । नगर समितिमा पदाअधिकारी सहित २१ सदस्य सर्वसम्मत निर्वाचित भएका हुन् । 
राप्रपा नेपालका केन्द्रीय सदस्य दिपक बहादुर सिंहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नारायणी अञ्चल संयोजक मदन भण्डारी, मकवानपुर जिल्ला उपाध्यक्ष रामहरि न्यौपाने, क्षेत्रिय सदस्य शम्भूभक्त श्रेष्ठ, अर्जुन केसी लगायतका पार्टी सदस्यहरुको उपस्थित िरहेको थियो । क्षेत्रीय सदस्य शम्भूभक्त श्रेष्ठको सभाध्यक्षतामा भएको थाहानगर अधिवेशन उद्घाटन कार्यक्रममा प्रमुख अतिथी सिंहले थाहानगरको विकासका लागि राप्रपा नेपाल सँधैव हातेमालो गरेर अघि बढ्ने उल्लेख गरे । राप्रपा नेपाल नेपालीहरुकै पार्टी भएको उल्लेख गर्दे नेपाल र नेपालीको विकास, सम्वृद्धिमा सँधै कटिबद्ध हुने प्रतिबद्धता व्यक्त गरे । थाहानगरमा अन्यपार्टीहरुको उपस्थिती बाक्लो देखिए पनि राप्रपा नेपालले कामै गरेर नगरवासीको मन जित्ने उद्घोष गरे । युवाहरु विदेश पलायनहुनबाट जोगाउनको लागि स्वरोजगार हुने खालको कार्यक्रम आफ्नो पाटीृले ल्याउने बताए । 
अधिवेशनको अवसरमा नव निर्वाचित पदाअधिकारीहरुलाई प्रमुख अतिथी सिंह, नारायणी अञ्चल संयोजक अधिकारी तथा अतिथीहरुले त्रधाइ तथा शुभकामना व्यक्त गरे । कार्यक्रमको अवसरमा नव निर्वाचित अध्यक्ष हरेराम कार्कीले आफूमा थाहनगरको ठूलो जिम्मेवारी आएको बताउँदै यसलाई अवसरमा बदल्ने बताए । अध्यक्ष कार्कीले पहिलेको तुलनामा अन्य पार्टी परित्याग गरि राप्रपा नेपालमा प्रवेश गर्ने युवाहरुको संख्या बढ्दै गएको बताउँदै युवाबाटै परिवर्तन संभव छ भन्ने उदाहरण थाहानगरमा राप्रपा नेपालबाट शुरु हुने घोषणा गरे । कार्कीले थाहानगरमा प्रतिनीधित्व गर्ने राजनीतिक घटक मध्ये राप्रपा पनि एक भएको र अहिले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय मन्त्री समेत राप्रपा नेपालकै भएकालेले स्थानीय क्षेत्रको विकासमा उल्लेखनीय परिवर्तन संभव हुने बताए । कार्की थाहानगर स्तरीय नगर राजनीतिक संयन्त्रमा सबैभन्दा कान्छा नगर अध्यक्ष हुन् ।

All news in One Place