गाविसस्तरीय गायन तथा नृत्यमा सुन्दरीदेवी मावि प्रथम
जनक लामा
मकवानपुरको आग्रामा आग्रा स्रोतकेन्द्र प्राविस्तरीय गायन तथा नृत्य प्रतियोगिता आइतबार भएको छ । गाउँ बाल संरक्षण समिति आग्राको आयोजना, आग्रा गाउँ विकास समितिको आर्थिक सहयोग तथा ईन्द्रायणी मध्यमिक विद्यालयको व्यवस्थापनमा प्रतियोगिता भएको हो ।
प्रतियोगितामा सुन्दरी देवी माध्यमिक विद्यालय प्रथम, काला गणेश प्रावि द्वितीय र सरस्वति माध्यमिक विद्यालय तृतीय भएका छन् ।
आग्रा स्रोत केन्द्रका श्रोतव्यक्ति रामकुमार ठाकुरको प्रमुख आतिथ्यता तथा गाविसका प्रशासन सहायक रामचन्द्र थिङको सभाध्यक्षतामा प्रतियोगिता भएको हो ।
प्रतियोगितामा सुन्दरी देवी माविका प्रध्यानाध्यापक प्रतापसिंह गोले, ईन्द्रायणी माविका प्रधानाध्यापक नारायणबहादुर कार्की, सुन्दरी देवी निमाविका प्रध्यानाध्यापक हरिकृष्ण कार्की लगायत सहभागी विद्यालयका शिक्षकहरुको आतिथ्यता रहेको थियो ।
आग्रा गाविसका ९ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मुक्तान र मकवानपुर आईडल दीपराज केसीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
ईन्द्रायणी माविका विद्यार्थी लिल तामाङले सञ्चालन गरेको प्रतियोगितामा विजयी विद्यालयहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको छ । प्रतियोगिताको संयोजन चेतनाथ घलानले गरेका थिए ।
तस्वीरहरु: सानोबाबु मुक्तान