पालुङमा क्रियापुत्रीले परीक्षा दिए

मकवानपुरको पालुङ बहुमुखी क्याम्पस परीक्षा केन्द्रमा २ जेठबाट संचालन भएको कक्षा ११ को परीक्षा एकजना क्रियापुत्रीले पनि दिएका छन् । थाहा नगरपालिका वडा नंबर ८ किटेनीका राम केसी (२०) ले कक्षा ११ को अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका हुन् ।  केसीले बाबु स्वर्गारोहण भएको नवौ दिनमा परीक्षा दिएका हुन् । 
परीक्षामा सहभागी केसीलाई परीक्षा केन्द्रको चौरमा छुट्टै बसी परीक्षा दिने व्यवस्था मिलाइएको थियो । परीक्षा समय भने अरु सरह नै रहेको परीक्षा केन्द्रले जनाएको छ । 
पालुङ बहुमुखी क्इाम्पस परीक्षा केन्द्रबाट जकमल्याण उच्च माविका १२२, बज्रवाराही उच्च माविका ९९ र स्वच्छन्द भैरव उच्च माविका २५ जना विद्यार्थीले पहिलो दिनको परीक्षा दिएको केन्द्राध्यक्ष रामहरि अधिकारीले बताए । परीक्षामा जनकल्यण उच्च माविका दुई छात्र र १ एक छात्रा अनुपस्थित रहे । 
परीक्षामा ८२ छात्र र १६१ छात्र सहभागी छन् । 

All news in One Place