सुत्केरी र बालबालिकालाई सामग्री

प्राथमिक स्वास्थ केन्द्र भीमफेदीमा ५ जेठमा एक समारोहका बिच सुत्केरी महिला तथा एक बर्ष मुनिका बालबालिकालाई सुरक्षित सामग्री वितरण गरिएको छ । नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तरगत भीमफेदी गाबिसमा रहेका एक वर्ष मुनिका १ सय १६ बालबालिका तथा १ सय १३ सुत्केरी महिलालाई सामग्री वितरण गरिएको अनमि राम देवी श्रेष्ठले बताइन् । 

कार्यक्रममा आमा तथा शिशुको पाखुरा नापजांच तथा पोषण सम्बन्धि परामर्श प्रदान गरिएको डाक्टर बिकास भट्टराइले बताए । सो अवसरमा सहभागीहरुलाई एक थान २० लिटरको बाल्टीन, मग, दैनिक सरसफाईका सुरक्षीत सामग्री, मञ्जन, ब्रस, साबुन, लुगा सुकाउने डोरी, काइयो सुक्ष्म सामग्री समेत वितरण गरिएको अनमी जुना घिसिङले जानकारी दिइन् ।
-फोटो/शब्द:सुरेन्द्र राज थीके/भीमफेदी

All news in One Place