काँगेस केन्द्रीय सदस्यमा मकवानपुरबाट ५ जनाको उम्मेद्वारी

धर्मेन्द्र दाहाल
हेटौँडा/नेपाली कांग्रेसको काठमाण्डौमा जारी १३ औ महाधिवेशनमा केन्द्रीय सदस्य पदको लागि मकवानपुरबाट ५ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । काँग्रेस मकवानपुरका सचिव बुद्ध लामाले जनाए अनुसार मकवानपुरबाट खुल्ला तर्फ बर्तमान केन्द्रीय सदस्य समेत रहेकी महालक्ष्मी डिना उपाध्यय, महिला तर्फ रिता खनाल र उमा दाहाल, प्रदेश नंबर ३ तर्फ माईकल रामचन्द्र अर्याल तथा जनजाती तर्फ उदयमोहन श्रेष्ठले उम्मेद्वारी दर्ता गराएका हुन् ।

उम्मेद्वारहरुमध्य उपाध्यक्ष तथा  अर्याल देउवा प्यानलको रहेको तथा बाँकी ३ जना पौडेल पक्षको रहेको श्रोतले बताएको छ । मकवानपुरबाट सिटौलाको समर्थक उम्मेद्वार नभएको बताईएको छ । कुल ४९ जना केन्द्रीय प्रतिनिधी रहेको मकवानपुरबाट संभवत सबैभन्दा धेरै केन्द्रीय सदस्य प्रत्यसी बनेको यो पहिलो पटक भएको बताईएको छ । 

५ जना उम्मेद्वार मध्य खुल्लामा उम्मेद्वारी दिएकी डिना उपाध्याय शक्तिशाली उम्मेद्वारको रुपमा देखिएको कांग्रेस श्रोतले जनाएको छ । मकवानपुरबाट पनि करिब ३० जनाको समर्थन रहेको देवा प्यानलकी उम्मेद्वार भएको र कांग्रेसको महिला राजनीति क्षेत्रमा योगदान दिनुको साथै पटक–पटक सांसद र एक पटक राज्यमन्त्री समेत भएकी उपाध्ययलाई शक्तिशाली उम्मेद्वारको रुपमा हेरिनु स्वभाविक भएको श्रोतले दाबी गरेको छ । त्यसो त प्यानलमा चुनाव हुने भएकोले कस्को पल्ला भारी हुन्छ भन्ने आँकलन गर्ने कठिन हुने पनि एकाथरि विश्लेषकहरुले दाबी गरेका छन् ।

All news in One Place