फागुन २१ देखि २७ गतेसम्मको राशिफल

फागुन २१ देखि २७ गतेसम्मको राशिफल
 - रामप्रसाद सिटौला (फलित ज्योतिष)

फाल्गुन २१, २०७२-
मेष
घरायसी व्यवहारमा अलमलिँदा पछि परिनेछ । आध्यात्मिक चिन्तन, योग एवं ध्यानले दुर्भावनाहरू समाप्त हुँदै भविष्यको बाटो पहिल्याउन सहज हुनेछ । प्रतिष्ठा र पदोन्नतिको अवसरलाई चुनौतीका रूपमा लिए उचाइमा पुगिनेछ । अरूमाथि विश्वास गर्दा धोका हुन सक्छ । खानपानमा समयको फेरबदलले स्वास्थ्य प्रतिकूल हुनसक्छ ।

वृष
परिस्थिति पहिचान गरी सम्पन्न गरिएको कार्यले उचित स्थान पाउनेछ । प्रेम प्रस्ताव राख्नेलाई ढिलो निर्णय दिँदा सुरक्षित भइनेछ । सामूहिक लगानीमा बाधाव्यवधान देखा पर्न सक्छ । आर्थिक कारोकार गर्दा अभिभावकको सुझाव अनुसरण गर्नुहोला । सेता पहिरनले कार्य सहज बनाउनेछन् ।

मिथुन
योजना सफल बनाउन कठोर मेहनत गर्नुपर्नेछ । आकस्मिक यात्राबाट आर्थिक लाभसमेत हात लाग्नेछ । सभा, सम्मेलन एवं तालिम आदिमा सहभागी हुने अवसर पाइएला । बुधबार र बिहीबार बाध्यात्मक रूपमा सामाजिक कार्यक्रममा उपस्थित हुनुपर्नेछ । सम्मानित हुने सम्भावना पनि छ । यात्रा गर्दा समयको ख्याल गर्नु होला ।

कर्कट
रोजगारीका नयाँ क्षेत्रमा पदबहाल गर्ने अवसर प्राप्त हुन सक्छ । प्राप्त अवसरले थप मेहनतको अपेक्षा गरेको छ । सामाजिक हैसियतका कारण जीवनशैलीमा परिवर्तन ल्याउनुपर्ने बाध्यता आइपर्नेछ । पूण्य आर्जनमा केही दिन खर्चिनुपर्ने अवस्था छ । खरानी रंगले कार्य सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । मनोरञ्जनमा सहभागी हुँदा खानपानमा ध्यान दिनुहोला ।

सिंह
पारिवारिक सरसल्लाहमा दुविधा सिर्जना हुन सक्छ । नगद सापटी लिएका मित्रले समयमा वचन पूरा नगर्दा आर्थिक समस्याको सामना गर्नुपर्नेछ । साथीहरूसँग मनोरञ्जन गर्दा खानपानमा फेरबदल भै स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । सवारी साधन चलाउँदा संयम अपनाउनुहोला ।

कन्या
परिश्रम तथा लगानीअनुरूप व्यवसायले साथ नदिन सक्छ । भविष्यको चिन्ताले सताउला । नशासम्बन्धी समस्याले मानसिक तनाव उत्पन्न गराए पनि सोमबारपछिका दिनमा क्रमिक सुधार आउनेछ । सामाजिक उत्सवमा सरिक हुँदा समय तथा खानपानप्रति सचेत रहनुहोला ।

तुला
आम्दानी हात पर्ने व्यवसायमा लगानी गर्ने अवसर जुट्न सक्छ । विदेशी पाहुनासँग भेटघाट हुने सम्भावना छ । अचानक प्रेम प्रस्ताव आइलाग्न सक्छ, संयमित भै निर्णय गर्नुहोला । साताको अन्त्यमा सवारी साधन खरिद हुनसक्छ । विलासीपन तथा जीवनचर्यामा ध्यान दिनुहोला ।

वृश्चिक
आर्थिक पक्ष सबल हँुदै विदेश भ्रमण गर्ने अवसर जुट्न सक्छ । प्रेमको जाल रच्नेहरूले झुक्याउन सक्छन्, समयमै सचेत रहनुहोला । अधिकार तथा प्रतिष्ठा जोगाउन गोपनियतामा ध्यान पुर्‍याउनुपर्नेछ । सोमबार तथा मङ्गलबार आफन्तहरूसँग मनमुटाव हुनसक्छ । जुक्ति र बुद्धिले समस्या सुल्झाउन सकिनेछ ।

धनु
साथीहरूले समस्याको गाँठो फुकाउन सहयोग गर्नेछन् । रोजगारीको क्षेत्रमा सोचेजस्तै परिणाम हात पर्नेछ । विपरीत लिंगीले मन पराएको प्रसंगले मन उत्साहित हुनेछ । सामाजिक तथा परोपकारी कार्यमा सहभागी भइनेछ । रुचिबेगर नै भोजभतेर एवं मनोरञ्जनमा सहभागी हुनुपर्नेछ । खानपानमा ध्यान दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला ।

मकर
दुई आत्माबीचको सुन्दर सम्बन्ध निकै अघि बढिसकेको अवस्था छ । सामाजिक क्षेत्रमा कीर्तिमानी कार्य गरी लोकप्रियता आर्जन गर्न सकिनेछ । ठूलाबडासँगको भेटघाटका कारण योजनाहरू सहज रूपमा सम्पन्न गर्न सकिनेछ । आर्थिक समस्या समाधान गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन सक्छ ।

कुम्भ
कर्मचारीवर्गले विशेष होसियारी अपनाउनुहोला । आफ्नै कमजोरीका कारण मन पराउनेहरू टाढिन सक्छन् । अन्नतसम्म सम्बन्ध जीवित राख्न शंकालाई विश्वासमा परिवर्तन गर्नुपर्ने हुन्छ । पिछडिएका वर्ग तथा क्षेत्रलाई सहयोग गरेर चर्चित भइनेछ । साताको अन्त्यतिर आर्थिक भार बढेर ऋणको चपेटामा पर्ने सम्भावना छ ।

मीन
मित्रहरूले सोचेजस्तो सहयोग नगर्दा रोजगारीका नयाँ अवसर गुम्ने अवस्था सिर्जना हुन सक्छ, हेक्का राखी विचार आदानप्रदान गर्नुहोला । आर्थिक क्षेत्रमा प्रभुत्व जमाई लगानीअनुरूप लाभ लिन सकिनेछ । विलासिताका सामग्री खरिद गर्न आकर्षित हुँदा अभिभावकले आफ्नो भावनाको वेवास्ता गर्ने सम्भावना छ ।

स्राेतः साप्ताहिक



All news in One Place