राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु : बुद्ध उच्च मावि छतिवन प्रथम स्थानमा
हेटौँडा/विद्यालय स्तरको सबैभन्दा ठुलो खेलकुद प्रतियोगिता मकवानपुर जिल्ला स्तरीय ‘राष्ट्रपति रनिङशिल्ड २०७२ को सुरुवात भएको छ । हेटौँडाको भुटनेदेबी उच्चमाविको खेलमैदानमा भएको प्रतियोगितामको पहिलो दिन १० वटा स्वर्ण पदकको टुङ्गो लागेको छ ।
पहिलो दिनको खेल सम्पन्न हुँदा ‘डिफेन्डीङ च्याम्पियन’ बुद्ध उच्च मावि ५६ अंक सहित प्रथम स्थानमा रहँदा उसलाई छतिवनकै जनक उच्च माविले पिछा गरिरहेको छ । जनकले ४५ अंक प्राप्त गरेको छ ।१० वटा स्वर्ण मध्य छतिवनै २ विद्यालयको पोल्टामा ७ स्वर्ण गएको छ । डिफेन्डीङ च्याम्पियन बुद्ध उच्च माविले छात्र तर्फ १ सय मिटर, ४ सय मिटर १५ सय मिटर तथा ४ सय गुणा ४ सय तथा ४ सय मिटर दौडमा स्वर्ण पदक हात पारेको छ ।
उता दोश्रो स्थानमा रहेको जनकले छात्रा तर्फ ४ सय र १५ सय मिटर दौड तथा छात्र तर्फ ज्याब्लीङ थ्रोमा स्वर्ण हात पार्न सफल भएको छ । पहिलो दिन जनजाग्रीती माविले पनि ज्याब्लीङ थ्रो तथा सटपुटमा छात्रा तर्फ स्वर्ण हात पार्दा भुटनदेबी उमावीले १ सय मिटर र्दौडमा स्वर्ण हात पारेको छ ।
कार्यक्रमको खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै नेपाली एथ्लेटिक्सका किर्तिमानी धावक बैकुण्ठ मानन्धरले खेलाडीहरु विदेश पलायन हुनु दुखद् भएको बताएका छन् । खेल क्षेत्रबाटनै परिवार पाल्ने आधार निर्माण नगरुन्जेल नेपालले खेल क्षेत्रमा महत्वपूर्ण उपलब्धी हाँसील गर्न नसक्ने उनको भनाई रहेको छ ।
मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष माधव तिमिल्सनाको अध्यक्षतामा भएको रनिङशिल्डको उद्घाटनमा जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्य, सचिव राजन दाहाल खुसराज, उपाध्यक्ष दीपेन्द्र ढकाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । प्रतियोगिताको उद्घाटनमा दुई पत्रकारसहित साग खेलमा पदक जित्न सफल खेलाडीलाई नगद सहित सम्मान गरिएको छ । पत्रकारिताको माध्यमबाट खेल क्षेत्रको विकासमा सहयोग पु¥याएको भन्दै पत्रकार राजन दाहाल तथा गणेश अधिकारीलाई यस्तै, साग गेममा स्वर्ण पदक जित्न सफल फुटबल टोलीका सदस्य अञ्जन विष्ट, रञ्जन विष्ट, एलन न्यौपाने र सुनिल बललाई नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो । यस्तै उसुका रजत पदक विजेता हरिप्रसाद गोलेलाई पनि नगदसहित सम्मान गरिएको थियो ।तीनदिनसम्म सञ्चालन हुने प्रतियोगिताको अन्तिम राउण्डमा पदकका लागि ५८ विद्यालयका करिब पाँचसय खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।
