सुगौली सन्धिको विषयमा मालेको सप्ताहाब्यापि कार्यक्रम
धर्मेन्द्र दाहाल।
हेटौँडा/२ सय वर्ष पहिले भएको सगौली सन्धिले खारेज हुनुपर्ने भन्दै नेकपा माले मकवानपुरले सप्ताहाब्यापी कार्यक्रम सुरु गरेको छ । शुक्रबार नेकपा माले मकवानपुरको पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि नेकपा मालेका केन्द्रीय सदस्य तथा मकवानपुर सचिव भिमसेन महतले २ सय वर्ष पहिले अर्थात सन १८१६ मार्च ४ तारिखको दिन भएको असमान सन्धि खारेज गरि नेपालले गुमाएको भुभाव फिर्ता पाउनुपर्ने बताए ।
नेकपा माले मकवानपुरले राष्ट्रियताको लागि विभिन्न कार्य गर्दै आएको स्मरण गर्दै सुगौली सन्धी जारी भएको २ सय वर्ष पुगको र मार्च ४ लाई कालो दिनको संज्ञा दिँदै सप्ताहाब्यापी कार्यक्रम गरेको महतले बताए । सुगौली सन्धी असमान मात्र नभएर अबैधानिक समेत भएको प्रमाणहरु प्रसस्थ हुँदा पनि भारतीय पक्षको आलाटालीको कारण यो विषयले महत्व नपाएको उनको भनाई छ । सन् १९५० मा भएको
नेपाल–भारत मैत्री सन्धिको धारा ८ मा नेपाल सरकार, भारत सरकारको तर्फबाट व्रिटिस सरकारको विचमा भएको सबै सन्धि सम्झौताहरु खारेज गरिएको भनिएकोले पनि यो सन्धिको औचित्य सकिएको उनको भनाई रहेको छ ।
मालेले सप्ताहाब्यापी कार्यक्रम अन्र्तगत २२ फागुनमा सुगौली सन्धिको विषयमा अन्र्तरक्रिया, २३ गते जमिन फिर्ता हस्ताक्षर संकलन, २४ गते सुगौली सन्धि जलाउने, २५ गते ब्यानर तथा पर्चा वितरण २६ गते नेपालको विषयमा बृत्तचित्र प्रर्दशन र २७ गते बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने जनाएको छ ।
