राष्ट्रिय मेलामा दोश्रो दिन १५ लाखको कारोबार : लक्ष्य अनुसारको अबलोकनकर्ताको कमी



धर्मेन्द्र दाहाल
हेटौँडा/हेटौँडामा जारी राष्ट्रिय औद्योगिक ब्यापार मेलाको दोश्रो दिन १५ लाख बराबरको कारोबार भएको आयोजक मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ । मेलाको दोश्रो दिन १० हजारले मात्र मेला अबलोकन गरेको जनाउँदै आयोजकले शनिबार अबलोकनकर्ताको भिड बढने अनुमान गरेको छ ।
नाकाबन्दीको असरले पारेको इन्धन अभावको कारण शुक्रबार पनि सोचेजस्तो अबलोकनकर्ताए नआउँदा आयोजकमा भने केहि निराशा छाएको देखिन्थ्यो । राष्ट्रिय कलाकारहरुले सांगेतिक प्रस्तुति दिँदा पटक–पटक साउण्ड सिस्टममा खराबी देखिदा भएका केहि दर्शकहरुपनि निराशा बनेका थिए । यो वर्षको मेलालाई भुकम्पको पीडाले पनि केहि रौनकतामा कमि ल्याउन सक्ने विश्लेषकहरुले दाबी गरिरहेको बेला भएको मेलाको सुरुवातमा यसको संकेत देखिएको छ ।
मेलामा शुक्रबारको सहभागिताबारे गरिएको प्रश्नको जवाफ दिँदै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले साना सबारी आन्दोलनको कारण सहभागितामा केहि कमि आएको बताए ।
 शुक्रबार लोक गायक जीवन परियार, गायिकाद्वय जुनु रिजाल र आस्था वि राउत, गायक रामचन्द्र काफ्ले, चेपाङ गायक रविनकुमार चेपाङले आफ्नो प्रस्तुती देखाएका थिए । यो वर्ष आर्कषर्णको रुपमा राखिएको हेलिकप्टरबाट ३० जनाले सिटी टुर गरेको उपसमिती संयोजक उज्वल चौलागाँईले बताए ।
साना सवारीको आन्दोलनका कारण नगर आसपासका ग्रामीण भेगबाट उल्लेख्य दर्शकको सहभागिता नभएपनि नगर क्षेत्रका अवलोकनकर्ताहरुको भने राम्रो उपस्थिति रहेको मेला संयोजक न्यौपानेले बताउनुभयो । साथै स्थानीय कलिउड कला केन्द्र, फ्युजन डान्स सेन्टर, तलेजु डान्स सेन्टर, सिर्जना कला केन्द्रका कलाकारहरुले विशेष सांगातिक प्रस्तुतीका साथमा नृत्य प्रस्तुत गरेका थिए ।

मेलामा चुरेहिल अस्पताल प्रालिले छाला तथा यौनरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर गरेको थियो । जसमा ४३ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । त्यसैगरी युनियन ड्रग हाउसले पनि निःशुल्क स्वास्थ्य परिक्षण गरेको थियो ।
मेलाको आकर्षणको रुपमा एनिमेट्रोनिक डाइनोसर, माँ बैष्णव मन्दिर, बालउद्दान, चिडियाखानाका साथै कृषि कार्यालयले जिउँदो माछा तथा कृषि उत्पादनहरु प्रदर्शनीका लागि राखिएको थियो भने खानाका नौलो परिकार चाख्नेहरुको पनि भीड उत्तिकै रहेको थियो ।
साथै शनिवार हास्यकलाकारहरू दिपक राज गिरी, दिपा श्री निराैला, गायक गायिकाहरू मिलन अमात्य, बद्री पंगेनी, रमिता भण्डारीकाे प्रस्तुती रहने छ ।





All news in One Place