काँग्रेस थाहानगरमा योगेन्द्रभक्तको नेतृत्व

नेपाली काँग्रेस थाहानगरमा योगेन्द्रभक्त श्रेष्ठ विजयी भएकाछन् । योगेन्द्रभक्तको नेतृत्वले निकटतम प्रतिद्वन्द्धी प्रमोद जोशीलाई जम्मा चार मतले पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् । मतगणना अनुसार श्रेष्ठले १०१ र जोशीले ९७ मत पाएका थिए ।
नेपाली काँग्रेसको थाहा नगरमा नेतृत्वको लागि चारजना प्रतिस्पर्धामा रहेकोमा भरत गोपालीले उमेद्वारी फिर्ता लिएपछि थाहानगर तदर्थ समितिका सभापति योगन्द्रभक्त श्रेष्ठ, उपाध्यक्ष गणेश बहादुर लामा र क्रियाशील सदस्य प्रमोद जोशीबीच प्रतिस्पर्धा भएको थियो ।
सभापतिका दाबेदारबीच सहमति नभएपछि चुनाव हुने अवस्था आएको थियो ।
नेपाली काँग्रेस थाहा नगरको नगर अधिवेशन अहिले जेसीज सभाहल खेल्पुडाँडामा भएको थियो ।