संबिधान जारी भएरै गणतन्त्र संस्थागत भयो – राष्ट्रपति भण्डारी

संबिधान जारी भएकै कारण गणतन्त्र संस्थागत भएको राष्ट्रपति राष्ट्रपति विद्यादेबीले बताएकी छिन् । कार्यक्रममा भण्डारीले सबै मिलेर अगाडि बढ्नु पर्ने बताइन् । हेटौंडाको सहिद स्मारकमा निर्माण भएको बिबिध संरचनाको उद्घाटन गर्दै राष्ट्रपतिले सहिद स्मारकमा सहिदहरुको शालिक निर्माण गरेर सहिदलाई सधैं सम्झने स्थान बनाएको भन्दै स्मारक बिकास समितिको प्रसंशा गरिन् । शहिदहरुको बलिदानपछि देशमा नयाँ आयाम थपिएको उनको भनाई थियो । देशमा शान्ति, स्थिरता र विकास गर्नसके मात्र सहिदको सपना साकार हुने राष्ट्रपति विद्यादेवी भण्डारीले उल्लेख गरिन् । मकवानपुरको हेटौंडामा निर्माण गरिएको सहिद स्मृति स्तम्भको उद्घाटन गर्दै उनले उनले सहिदको त्याग र बलि
दानीलाई व्यवहारबाटै पूरा गर्नु सबैको कर्तव्य भएको बताइन् । १९ मिटर गोलाइमा ६५ फिट अग्लो स्तम्भको सहिद दिवसको अवसर पारेर १६ माघमा शिलन्यास गर्दै उनले यस्तो बताएकी हुन् । स्तम्भको चारैतिर बगैंचा र अग्रभागमा नेपालको प्राकृतिक नक्सा निर्माण गरिएको छ ।

हेटौंडाको सहिद स्तम्भ करिब १ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण गरिएको सहिद स्मारक प्रचारप्रसार समितिका संयोजक नविन सिग्देलले बताए । ९० लाख रुपैयाँ स्थानीय विकास मन्त्रालयको सहयोग र बाँकी सहिद स्मारक विकास समितिको लगानीमा स्तम्भ निर्माण गरिएको समितिका अध्यक्ष डोरमणी पौडेलले बताए ।