२७ घण्टापछि नारायणगढ–मुग्लिन सडक खुल्यो

हिजोदेखि अवरुद्ध बनेको नारायणगढ मुग्लिन सडकखण्ड २७ घण्टापछि खुलेको छ । 
एकतर्फी रुपमा बाटो खुलेपनि आवत जाउत सहज बनिसकेको छैन । नारायणगढ मुग्लिन सडकखण्डको कालिखोलामा सुख्खा पहिरो गएपछि बिहीबार बेलुकादेखि सडक अवरुद्ध छ। प्रहरीले लामो प्रयासपछि डोजरको सहायताले बाटो खोलेको हो । मुग्लिन इलाका प्रहरी कार्यालयले दिएको जानकारी अनुसार सडकमाथिको डाँडो नै खसेर भएको जाम भएको    थियो । 

All news in One Place