अन्तराष्ट्रिय गाेल्डकपकाे लागि रिगलकाे २ लाख सहयाेग
चिसापानी बचत तथा ऋण सहकारी संस्था लि हेटांैडा–१९ चिसापानीले सहिद दिवसको अबसर पारेर छैठौं स्थापना दिवस मनाएको छ । सहकारीले स्थापना दिवसमा साहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । सहकारीले मुलुकको लागि ज्यान अर्पण गरेका सहिदलाई सम्झिएर स्थापना दिवस मनाएको हो । पुनरावेदन बार एसोसिएसनका पुर्व अध्यक्ष मदनकुमार दाहालको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष कृष्ण प्रसाद सापकोटाको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा अशोकबाटिका साकोसका अध्यक्ष जय प्रकाश घिमिरे, जनसहयोगि साकोसका घनश्याम ढकाल, चसापानि खानेपानीका अध्यक्ष रामकृष्ण तिवारी, चेतनशील दुग्ध सहकारीका अध्यक्ष कृष्ण प्रसाद घिमिरे, परिक्रमा साकोसका अध्यक्ष अर्जुन प्रसाद वाग्ले, श्रीकृष्ण प्रणामी सेवा समितिका भरत प्रसाद ढकाललगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सहकारीका कोषाध्यक्ष प्रल्हाद घिमिरेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । हेटौंडा रिर्सोटको सहयोग हेटौंडामा हुन गइरहेको कलर्स सुमन भोम्जन स्मृती अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपमा सहभागी हुने घरेलु टोलीलाई हेटौंडा रिगल रिसोर्टले सहयोग गरेको छ । रिसोर्टले घरेलु टिमको तयारीको लागि भन्दै नगद २ लाख रुपैया आयोजक सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानलाई सहयोग गरेको छ । प्रतियोगितामा सहभागी घरेलु टोलीलाई रिसोर्टले प्रयोजन गर्न यसअघि आयोजकसंग सम्झौता भएको थियो । रिगल हेटौंडा रिसोर्ट हेटौंडा–११ रहेको घरेलु टोलीले क्याम्पाडाँडामा नियमित प्रशिक्षण समेत गरिरहेको छ । आज प्रतिष्ठानको सचिवालयमा पत्रकार सम्मेलनको आयोजना गरी दुईपक्षबीच सम्झौता भएको हो ।