काठ बितरण गर्न कुनै कन्जुस्याई नगर्ने : अग्नीप्रसाद सापकोटा

भुकम्प पिडीतलाई काठ वितरणमा समस्या रहेको वनमन्त्रीको भनाई वन तथा भुसंरक्षण मन्त्री अग्नीप्रसाद सापकोटाले भुकम्प पिडीतहरुलाई घर निर्माण गर्नका लागि काठ बितरणको काम निकै चुनौती पुर्ण रहेको बताउनुभएको छ । वास्तबिक पिडीतहरुलाई वन मन्त्रालयले काठ बितरण गर्न कुनै कन्जुस्याई नगर्ने बताउँदै उहाँले पछील्ला समयमा धेरै नक्कली भुकम्प पिडीतहरुपनि थपीएकाले वास्तबिक पिडीतहरुलाई काठ बितरण गर्न समस्या भएको बताउनुभयो । क्षेत्रिय वन निर्देशनालय हेटौडाले आजबाट सुरु गरेको आर्थिक बर्ष २०७३/७४ का लागि वनक्षेत्रको विकाश विषयक क्षेत्रिय कार्यासालामा उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रममा वन मन्त्रालयका सचिब उदयचन्द्र ठाकुरले वन कर्मचारीहरुले गरेका कामहरुको पारर्शिता र जवाफ देहिता हुनुपर्नेमा जोड दिनुभयो । अहिले सम्म वन कार्यालयहरुले गरेका कामहरुको अनुगमन प्रभाबकारी रुपमा अगाढी बढ्न नसकेको बताउँदै उहाँले अब प्रभाबकारी अनुगमनको खाँचो रहेको बताउनुभयो । कार्यक्रममा राष्ट्रपति चुरे तथा तराई मधेश वन संरक्षण समितिका सदस्य सचिव डाक्टर अन्नपूर्णराज दास, वन मन्त्रालयका अनुगमन तथा मुल्याङकन महाशाखा प्रमुख प्रेमनारायण कडेल, वन मन्त्रालय जैविक बिबिधता तथा वातावरणीय महाँसाखाका प्रमुख बिजयराज पौडेल, वन विभागका निदेशक रेशमबहादुर डाँगी, वनस्पति बिभागका महानिर्देशक राजदेवप्रसाद यादव, वन मन्त्रालय योजना महाशाखाका प्रमुख कृष्णप्रसाद आचार्य, क्षेत्रिय वन निर्देशनालय हेटौडाका बिष्णुप्रसाद पौडेल, नबराज पुणासैनी लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रम क्षेत्रिय वन निर्देशनालय हेटौडाका प्रमुख डाक्टर अखिलेस्वरलाल कर्णको अध्यक्षतामा भएको हो । 

All news in One Place