क्रान्तिकारी पत्रकार संघकाे ३ नम्बर प्रदेशमा सुनिलकाे नेतृत्व
क्रान्तिकारी पत्रकार संघ नेपालको ३ प्रदेशको प्रादेशिक भेला आज काठमाडौमा सम्पन्न भएको छ । उपत्यका को तीन जिल्ला काठमाडौ, ललितपुर र भक्तपुर सहित १३ जिल्ला रहेको ३ नम्बर प्रदेशको को भेला ले क्रान्तिकारी पत्रकार संघका केन्द्रिय सदस्य एवम् ताम्सालिङ राज्य समितीका सह संयोजक समेत रहेका सुनिल खड्कालाई सर्वसम्मत संयोजकमा निर्वाचित गरेको छ । बिगत ११ बर्ष देखि पत्रकारितामा कृयाशिल खड्का मकवानपुरमा रहेको रेडियो निकास ९३.४ मेघाहर्ज को अध्यक्ष तथा निकास साप्ताहिक को प्रकाशक समेत हुनुहुन्छ ।
खड्का नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षद, नेपाल चाइना मिडिया फोरम मकवानपुरका अध्यक्ष, छापा माध्यम राष्ट्रिय संजालका सचिब लगायत आधा दर्जन भन्दा बढी संचार सस्थामा आवद्ध हुनुहुन्छ ।
२०६५ सालदेखि क्रान्तिकारी पत्रकार संघको केन्द्रीय सदस्य रहनु भएका खड्का ताम्सालिङ राज्य समिति सह संयोजक समेत थिए ।
नयाँ संविधान बाट देश प्रादेशिक संरचनामा गएपछि क्रान्तिकारी पत्रकार संघ ले पहिले पटक प्रादेशिक संरचना बनाएको हो । क्रान्तिकारी पत्रकार संघको बिधानमा प्रदेश संयोजक बिधानत पदेन केन्द्रीय सदस्य हुने ब्यबस्था रहेको छ । खड्का को संयोजकत्वमा ३१ सदस्यीय ३ नम्बर प्रदेशको प्रादेशिक समिति बनेको हो । जस्मा सह संयोजक रामेछापका सुमित श्रेष्ठ र ललितपुरका ज्ञानप्रसाद पौडेल रहनु भएको छ । ३ नम्बर प्रदेश को समितिमा क्रान्तिकारी पत्रकार संघ मकवानपुर कि सम्मेलन तयारी समिति कि संयोजक नानिमैया बिष्ट पनि सदस्य रहनु भएको छ ।
आज भएको ३ नम्बर प्रदेशको प्रादेशिक भेलाको उद्घघाटन कृषि मन्त्री एवम् एकीकृत नेकपा माओवादीका केन्द्रिय कोषाध्यक्ष हरिबोल गजुरेल ले गर्नुभएको थियो । भेला उद्घघाटन कार्यक्रममा एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य केसब नेपाल, क्रान्तिकारी पत्रकार संघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्य लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसैबीच क्रान्तिकारी पत्रकार संघ ३ नम्बर प्रदेशको पहिलो बैठक आज सम्पन्न भएको छ । बैठक ले ३ नम्बर प्रदेश अन्तर्गतका सबै जिल्लामा बैठक, भेला र सम्मेलन गर्ने निर्णय गरेको छ । बैठक ले मकवानपुर २३ गते, धादिङ २४ गते, नुवाकोट २५ गते र रसुवा २६ गते सम्मेलन र भेला गर्ने निर्णय गरेको छ । काठमाडौ, ललितपुर र भक्तपुर सहितका अन्य जिल्लामा पनि माघ मसान्त भित्र बैठक, भेला र सम्मेलन गर्ने निर्णय पनि बैठक ले गरेको ३ नम्बर प्रदेश संयोजक सुनिल खड्का ले जानकारी दिनुभयो ।