फेसबुकबाटै चन्दा संकलन अाग्रा, गाेगने क्षेत्रमा एम्बुलेन्स सेवा सुचारू

सामाजिक संजाल फेसबुकबाटै आव्हान गरेर चन्दा संकलन गरी मकवानपुरमा एम्बुलेन्स गरिद गरिएको  छ । 
एम्बुलेन्सका लागि रकम संकलन गर्न शुभराज गोलेको संयोजकत्वमा समिति गठन गरि अभियान संचालन गरिएको थियो । गठित समितिका पदाअधिकारी एडमिन रहने गरी फेसबुकबाट सहयोगका लागि आव्हान गरेपछि रकम जुटेको हो । जिल्लाको आग्रा तथा गोगने गाविसका युवाहरुले फेसबुकमा ‘आग्रा गोगने डाँडाखर्क फेसबुक अभियान’ संचालन गरी ७ लाख ५० हजार रुपियाँ संकलन गरेर एम्बुलेन्स गरिद गरेका हुन् । एम्बुलेन्स खरिदका लागि स्थानीय हिमशिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २ लाख ७ हजार सहयोग गरेको थियो भने व्यक्तिगत रुपमा सबैभन्दा बढि आग्रा ३ स्थायी घर भई काठमाण्डौ बाफल बस्ने राजकुमार लामाले २५ हजार ५ सय २५ सहयोग गरेका थिए । त्यसैगरी मकवानपुर कोरिया  मञ्च(दक्षिण काेरीया)बाट ४० हजार तथा फरकसोच अभियानले २० हजार रुपियाँ सहयोग गरेको थियो । यस अघि एम्बुलेन्स अभावमा आग्रा गोगने क्षेत्रमा समयमै उपचार नपाउँदा सुत्केरी महिला, वृद्धवृद्धा लगायतले ज्यान गुमाएपछि एम्बुलेन्स खरिदका लागि युवाहरु एकजुट भएका हुन् ।
एम्बुलेन्स खरिदका लागि धेरैजसो वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सहयोग गरेको संयोजक गोलले जानकारी दिए । चन्दा अभियानमा नेपालको दोलखा, सिन्धुपाल्चोक र मकवानपुरका विभिन्न क्षेत्रबाट समेत चन्दा बैक जम्मा गरि दिएका थिए । एम्बुलेन्सले मकवानपुरको आग्रा, गोगने, डाँडाखर्क, भार्ता तथा धादिङको किरान्चोक र आसपासका गाविसहरुका बासिन्दालाई सेवा प्रदान गर्ने संयोजक गोलले जानकारी दिए । एम्बुलेन्सको व्यवस्थापन आग्राकै गतिशील आग्रा समाज र हिमशिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गर्ने भएको छ । एम्बुलेन्सले आज देखि आफ्नो सेवा सुचारु गरिसकेको छ । 

All news in One Place