शिर निहुरीने गरी सम्झौता हुदैन :: प्रचण्ड

एकीकृत नेकपा माओवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली जनताको साथ र समर्थनकै कारण भारतीय नाकाबन्दीबन्दीको सामना गर्न राजनीतिक दल र सरकारलाई सहज भएको बताउनुभएको छ । मकवानपुर उद्योग वाणिज्य संघको ४९ औँ वार्षिक साधारणसभाको आज हेटौंडामा उद्घाटन गर्दै दाहालले जनताको शीर निहुरिने गरी भारतसंग सम्झौता गर्न नसकिने बताउनुभयो । नाकाबन्दीका कारण देशको अर्थतन्त्रमा ठूलो असर परेको बताउँदै उहाँले वार्ता र कुटनितीक प्रयासबाट समस्याको समाधान निस्कने बताउनुभयो । दुईचारदिन भित्रै नाकाबन्दी समस्याको समाधान हुने गरी उच्च स्तरीय राजनीतिक संयन्त्र र मधेशीमोर्चाबीच छलफल चलिरहेको उहाँको भनाई     थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले नाकाबन्दकिा कारण निजी क्षेत्र समस्यामा परेको बताउनुभयो । संघको ४९ औँ साधारण सभामा संघका पुर्व अध्यक्ष प्रेमलाल श्रेष्ठको स्मृति स्थापना गरिएको पहिलो पुरस्कारबाट मकवानपुरका सञ्चारकर्मीहरु बालकृष्ण अधिकारी, एमपी शर्मा र सुदिप सिवाकोटीलाई नगद १० हजार सहति सम्मान गरिएको छ । पत्रकारिताका माध्यमबाट जिल्लाको आर्थिक र सामाजिक विकासमा निजी क्षेत्रको भूमिकाका विषयमा प्रभावकारी रुपमा समाचार सम्प्रेषण गरेको भन्दै प्रमुख अतिथी दाहालले सञ्चारकर्मीहरुलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो । मकवानपुर उद्योग वाणिज्य संघकाअध्यक्ष राजकुमार न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा उद्योग सहायक राज्य मन्त्री मेघराज निसार , मध्यमाञ्चल अध्यक्ष अरुणराज सुमार्गी, पुर्व अध्यक्ष माधब रिसाल एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देल, लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
बालकृष्ण अधिकारी, मकवानपुर

All news in One Place