सक्कली भूकम्प पिडित खोज्न फेरी इन्जिनियर आउने

   भुकम्पपीडितहरुको यथार्थ लगत संकलन र पुर्न निर्माण गर्न माघको दोस्रो सातादेखि मकवानपुरका सबै     घर/घरमा इन्जिनियरसहितको प्राविधीक टोली पुग्ने भएका छन । उक्त प्राविधीक टोलीले एक दिनमा १० वटा घर परिवारको तस्वीर र तथ्याङ्क संकलन गर्ने छन । भुकम्पले पुरा भत्केका, आशिंक भत्केका, नभत्केका र भुकम्पपछि निर्माण गरिएका भवनहरुको समेत यो टोलीले तथ्याङ्क लिएर तस्वीर खिच्ने छ । इन्जिनियरसहितको प्रँविधीक टोली घर÷घर पुगेर तस्वीरसहितको तथ्याङ्क
संकलन गर्ने छु आवास पुर्ननिर्माण लगत संकलन व्यवस्थापन समितीका सचिव तथा तथ्याङ्क कार्यालय मकवानपुरका प्रमुख नवराज पौडेलले भने,–‘यो टोलीले नै भुकम्पले घर भत्काएको वा नभत्काएको यथार्थ      विवरण ल्याउने छ।’
राहत उपलब्ध गराउनका लागि तत्कालै संकलन गरिएका तथ्याङ्कहरुका वारेमा विभिन्न किसिमका चर्चा   परिचर्चा चलिरहेको अवस्थामा आवास पुर्न निर्माणका लागि सरकारले प्राविधीकहरुलाई घर÷घरमा पु¥याएर यथार्थ लगत संकलन गर्न लागेको हो ।  मकवानपुरमा लगत संकलन गर्न २ सय ३५ जना इन्जिनियरहरु खटिने छन । उनीहरुकोसाथमा सामाजिक   परिचालकहरु हुने छन । 
    माघ १३ गतेदेखि गाउू,गाउूमा खटिने छन । सरकारले स्थानीय विकास  अधिकारीको नेतृत्वमा ५ सदस्यीय लगत संकलन व्यवस्थापन समिती गठन गरेको छ । उक्त समितीको सचिवमा तथ्याङ्क कार्यालयका प्रमुख रहने व्यवस्था छ । भुकम्पले  घर नभत्केका तर भुकम्पपीडित वनेर  परिचयपत्रसहित लिएर राहत रकम लिनेहरुलाई भने यो प्राविधीक टोलीले लगत संकलन गरेपछि समस्या हुने    छ । ‘नक्कली भुकम्पपीडित बनेर राहत रकम लिएकाहरुले आफुखुशी आएर लिएको रकम फिर्ता नगरेमा कानुनी कारवाही गर्ने छौ’ मकवानपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले भने,–‘गाउँ/गाउमा खटिने इन्जिनियरसहितको प्राविधीक टोली घर/घर पुगेर तस्वीर खिचेर तथ्याङ्क संकलन  गर्ने छ ।’ मकवानपुरमा भुकम्पवाट २१ हजार ५ सय ४४ घर पुर्ण क्षति भएको तथ्याङ्क संकलन भएको छ भने १९ हजार ८ सय २० घर आशिंक क्षति भएको तथ्याङ्क छ । १३ हजारले आफनो घर पुर्ण क्षति भएको दावी गर्दै जिल्ला दैवि प्रकोप उद्धार समिती मकवानपुरमा निवेदन दिएका छन । 

All news in One Place