साहारा ग्याँस :: उपभोक्ता ठगेको ठग्यै

आइतबार नापतौल तथा गुणस्तर विभागका सहायक रामदेवप्रसाद शाहको संयोजनमा मकवानपुर उद्योग वाणिज्य संघ, ग्यास विक्रेता संघका प्रतिनिधी सहभागी टोलीले ५० वटा ग्यँस भरिएको सिलिण्डर निरीक्षण गर्दा १२ वटा सिलिण्डरमा ७ दशमलव १ किलोग्राम ग्यास हुुनुपर्नेमा १० देखी ५० ग्रामसम्म तौल कमी भएको पाइएको हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी थपलियाले बनाएको अनुमगन समितिले शनिबार गरेको अनुगमनमा सय ग्रामसम्म तौल कमी भएको पाइएपनि थपलियाकै निर्देशनमा आइतबार फेरि अर्को टोली अनुगमनका लागि पठाइएको हो । ‘शनिबार पनि अनुगमन भाको थियो होला’, प्रमुख जिल्ला अधिकारी थपलियाले भने, ‘अनुगमन टोलीमा प्राविधिक मान्छे नभएका कारण आज (आइतबार) फेरि अनुगमन गरेका हौ“ ।’ आइतबारको अनुगमनबाट के रिपोर्ट आयो त ? भन्ने प्रश्नमा भने उनले आज सोमबार मात्र उक्त रिपोर्ट हेर्ने प्रतिक्रिया दिए । ‘रिपोर्ट बुझाएको छ, मैले हेर्न भ्याएको छैन, भोली (आइतबार) मात्र हेर्छु’, थपलियाले भने । आफैंले निर्माण गरेको टोलीले दिएको रिर्पोट गलत हुनसक्ने भन्दै मकवानपुर उद्योग वाणिज्य संघलगायतलाई अनुगमनमा पठाएको बुझिएको छ । आफैले बनाएको अनुगमन समितिको निरीक्षणप्रति अविश्वास राखेपछि साहारा ग्यासले गर्दै आएको उपभोक्ता ठगीमा प्रमुख जिल्ला अधिकारी थपलिया कै ‘सेटिङ’ हुन सक्ने एक उपभोक्तावादीले आरोप लगाए ।
‘शनिबार प्रशासन कार्यालका नायब सुब्बा मदन श्रेष्ठ, घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख रत्नेश्वर डङ्गोल, पत्रकार महासंघका उपाध्यक्ष गिरिजा अधिकारी, उपभोक्ता हित संरक्षण मञ्चका सचिव बासु खतिवडा, प्रहरी निरीक्षक देवबहादुर पुरी र नापतौल तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधी रामदेवप्रसाद शाह समेतको उपस्थिती रहेको संयुक्त अनुगमन टोलीले ल्याएको रिपोर्टलाई गलत सावित गर्नका लागि आइतबार पुन ः अनुगमनको नाटक गरिएको हामीले बुझेका छौ“’, ति उपभोक्तावादी संस्थाका प्रतिनिधीले भने, ‘मकवानपुरको प्रशासन र प्रमुख जिल्ला अधिकारीले के गर्न खोजिरहेको छ हामीले बुझ्न सकेका छैनौ“ ।’
-गणेश दर्पण अधिकारी, हेटौंडा