तथ्याङ्क सच्याउन माग गर्दै भूकम्पपीडितले धर्ना दिए

तथ्याङ्क सच्याउन माग गर्दै निवेदन दिएको ६ महिना बित्दा पनि वडा कार्यालयले वास्ता नगरेपछि थाहा नगरपालिका स्थित बज्रवाराहीका बास्तविक भूकम्पपीडितहरुले वडा कार्यालयमा भेला भएर दबाब दिएका छन् । भूकम्प पिडितहरुको तथ्याङ्क संकलन र राहत वितरणमा मनोमानी भएको भन्दै तथ्याङ्क संकलन र अनुगमनका लागि नयाँ टोली ल्याउन माग गर्दै दबाब दिएका हुन् ।
दबाब दिन ११ देखि १५ वडा सम्मका वास्तविक पीडितहरु भेला भएका थिए । उनीहरुले नयाँ टोली ल्याउन जति ढिलो ग¥यो त्यति नै सरकारी राहत दुरुपयोग हुने र आफूहरु वास्तविक पीडित थप मारमा पर्ने भन्दै सकभर छिटो तथ्याङ्क संकलनका लागि नयाँ टोली ल्याउन माग गरेका छन ।
दबाब दिन पुगेका पापुङका स्थानीय टेकमान गोपालीले आप्mनो आँखै अगाडि बास्तविक पीडितले राहत नपाएको र नक्कली भूकम्पपीडितहरुले राहत पाएकाले अनुगमनको माग गरेको बताए । “वास्तविक पीडितको तथ्याङ्क नै छुटेको छ तर घर केही नभएकाहरुले धमाधम सरकारी राहत लिईरहेका छन्, त्यसैले नयाँ टोली ल्याउन माग गरेका हौं ।” गोपालीले भने । उनीहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी हाल्ने तयारी समेत गरेका छन् । 
बज्रवाराही वडा कार्यालयमा करिव ६ महिना अगाडि नै पुनः तथ्यांक संकलनको माग गर्दै तीन सय जना भन्दा बढीले निवेदन दिएका थिए । तथ्याङ्क संकलनमा आउने कर्मचारीहरुको हेल्चेक्राईले थुप्रैको नाम र थर गलत लेखिएका कारण सरकारी राहत पाउनबाट वञ्चित भएका छन् । कतिपयको भत्किएको घर आंशिक सूचिमा राखिएका छन भने कतिपयको सूचिमै छैन । 
सरकारी नियम अनुसार एउटा घरलाई एक पीडित मानेर राहत दिईने भएता पनि यहाँ एउटै घरलाई तीन जनाको नाममा कार्ड बनाएर राहत लिएको समेत भेटिएको थियो । यहा पाँच वटा वडामा गरी २३३ जना नक्कली घर धनीले राहत लिईरहेको भेटिएको हो । थाहा नगरपालिकाको तथ्यांक अनुसार यस क्षेत्रमा जम्मा १६ सय धरधुरी रहेकोमा भूकम्पपीडितको तथ्यांकमा १८३३ घरधुरी देखिएका हुन् । 
थाहा नगरको ५ वटा वडाको संयुक्त वडा कार्यालय बज्रवाराहीका सचिव गौतम सिंह वस्तीले आफू नयाँ नियुक्ती भएर आएकाले यथार्थ बुभ्mन समय लागेको र स्थानीयको समस्या सम्बोधनको पहल गर्ने वताउनु भयो । थाहानगरपालिका कार्यालयले भने भूकम्पपीडितको काम कारवाही जिल्ला दैवी प्रकोप समितीले हेर्ने भन्दै वास्तविक भूकम्पपीडितको पीडाप्रति चासो दिएका छैन ।
-रामजी बलामी

All news in One Place