संरक्षणका लागि अन्तरक्रिया
थाहा नगरपालिकाको सभाहल विकास घरमा कुलेखानी जलाधार क्षेत्रलाई संरक्षित क्षेत्रको रुपमा व्यवस्थापन गर्ने सम्बन्धमा एक दिने अन्तक्र्रिया सम्पन्न भएको छ ।
जिल्ला भू–संरक्षण कार्यालय मकवानपुरको आयोजनामा भएको कार्यक्रममा कुलेखानी जलाधार क्षेत्रलाई संरक्षित क्षेत्रको रुपमा व्यवस्थापन गर्ने गरि संरक्षित क्षेत्र घोषणा गर्न नेपाल स
प्रमुख अतिथिको रुपमा रहनु भएका क्षेत्र नम्मर २ का सभाषद सुभाषसिंह ठकुरीले उत्पादन क्षेत्र, प्रभावित क्षेत्र र उपल्लो क्षेत्र गरि तीन क्षेत्रमा विभाजन गरि व्यवस्थापन गर्न सुझाव दिनुको साथै कुलेखानीलाई संरक्षित क्षेत्रको रुपमा लैजान जिल्ला र संसदमा आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा कुलेखानी जलाधार क्षेत्रको विगत र बर्तमान अवस्था तथा भावी योजनाको
बारेमा जिल्ला भूसंरक्षण अधिकृत पुष्पराम थापा र सहायक भूसंरक्षण अधिकृत शेरबहादुर श्रेष्ठले प्रस्तुतिकरण गरेका थिए ।
कार्यक्रममा सरोकारवालाहरु बीचमा जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत रामकृष्ण थापाले सहजिकरण गरेका थिए । कार्यक्रममा थाहा नगरपालिकाका अन्तर्गतका वडा नागरिक मञ्चका संयोजकहरु, कुलेखानी जलाधार क्षेत्रका गाविस सचिवहरु तथा पुर्व गाविस जप्रतिनीधिहरु तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
थाहा नगरपालिकाका कार्यकारी अधिकृत हरिलाल पुरीको सभाध्यक्षतामा भएको कार्यक्रममा कार्यकारी अधिकृत पुरीले नगर विकास योजना र जलाधार संरक्षणलाई संयोजन गरेर योजनावद्ध रुपमा अघि बढ्न सुझाव दिए ।