घाटदेवी आधारभूत विद्यालयको अध्यक्षमा तामाङ

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ५ फेदिगाउँमा रहेको घाटदेवी आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विरबहादुर तामाङ निर्वाचित भएका छन् । 
२७ भदौमा  विद्यालयमा भएको अभिभावक भेलाबाट तामाङलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । तामाङको अध्यक्षतामा ९ सदस्यीय व्यवस्थापन समिति गठन भएको हो । त्यसैगरि सदस्यहरुमा बेल बहादुर तामाङ, श्याम तामाङ, अस्मिता तामाङ, कमला घिमिरे, गंगा कुमारी तामाङ निर्वाचित भएकाछन् । 
स्रोत व्यक्ति ठाकुरप्रसाद बर्तौलाको प्रमुख आतिथ्यमा भएको अभिभावक भेला तथा व्यवस्थापन समिति पुर्नगठन कार्यक्रमको सभाध्यक्षता निबर्तमान अध्यक्ष ध्रुव तामाङले गरेका थिए ।
-जनक लामा/थाहानगर

All news in One Place