थाहा महोत्सबको उद्घाटन पूर्व प्रम ओलीले गर्ने

अरु कार्यक्रममा ज्येष्ठ नागरिकबाट पनि चल्ने भए पनि मेला, महोत्सबको उद्घाटन ठूलामध्ये पनि ‘ठूला’ व्यक्तिबाट गराइँदै आएको छ । यसै क्रममा यही भदौको अन्तिममा शुरु हुन लागेको थाहा महोत्सवको उद्घाटन कून ठूला व्यक्तिबाट गराउने भन्नेमा छलफल भयो ।  वर्तमान प्रधानमन्त्रीदेखि पूर्व प्रधानमन्त्रीहरुको समेत प्रमुख अतिथिमा छलफल भयो । 
अन्ततः प्रधानमन्त्री पुष्पकमल दाहाललाई ल्याउने निष्कर्ष निकालियो र भदौ ३० गते हुने महोत्सब उद्घाटनको लागि  निम्तो पु¥याइयो । त्यही दिन प्रधानमन्त्रीको भारत भ्रमण शुरु हुने भएकाले प्रधानमन्त्रीले समय दिन नसक्ने भए । 
२९ गतेलाई हुने हो भने प्रधानमन्त्रीले समय दिन सक्ने भए । ‘ल एक दिन यता सार्नुप¥यो, २९ गते महोत्सब उद्घाटन गरौं’ यस्तो कुरा आएपछि आयोजक राजी भयो । एकाएक उद्घाटनको दिन सारियो । प्रधानमन्त्री दाहालले २९ गते महोत्सब उद्घटन गर्ने प्रचार शुरु भयो । 
अन्ततः प्रधानमन्त्री दाहाल २९ गते पनि आउन असमर्थ भएको सूचना पाएको आयोजकले बताएको छ । उनको त्यस दिन एउटक पुस्तक बिमोचन गर्ने कार्यक्रम तय भएको बुझिएको छ । 
भदौ २९ गतेदेखि असोज ८ गतेसम्म हुने महोत्सवको उद्घाटन भने पूर्व प्रधानमन्त्री केपी ओलीले गर्ने भएका छन् । आयोजकले भन्यो, ‘प्रधानमन्त्रीज्यू नआउने हुनु भो, निवर्तमान प्रधानमन्त्री पक्को भो ।’ यसबारे बुधबार बैठक बसेर निर्णय गर्ने आयोजकले बताएको छ । 


All news in One Place