नेपाल टप उप्रेति हेटौंडामा सम्मानित


नयाँ शक्ति बिद्यार्थी युनियन आधार समिती मकवानपुर बहुमुखी क्याम्पसले नेपाल टप गर्न सफल भएका सविन उप्रेतिलाई सम्मान गरेको छ । मकवानपुर बुहमुखी क्याम्पस हेटौडा अध्ययनरत उप्रेतिलाई अझ अध्ययन गर्नको लागि हौसल्ला मिलोस भन्ने उद्देश्य स्वरुप एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको नयाँ शक्ति निकट विद्यार्थी संगठनका केन्द्रिय सदस्य गिरिजा अधिकारी जानकारी दिए ।

कार्यक्रममा नयाँ शक्ति पाटी नेपाल मकवानपुर संयोजक प्रल्हाद लामिछानेले सम्मान पत्र वितरण गरेका थिए ।  लामिछानेले कार्यक्रममा प्रथम हुने विद्यार्थीले राजनितिको बागडोर समाल्नु पर्ने बताए । कार्यक्रममा मकवानपुर क्यम्पसको बिबीएम अध्यापनमा अग्रणी भुमिका खेल्नुहुने प्राध्यापकद्वय मधुकुमार  सिह तथा दिनेश विडारीलाई पनि विशेष धन्यवाद सहित सम्मान गरिएको थियो । 
कार्यक्रममा नयाँ शक्ति निकट विद्यार्थी संगठनका केन्द्रिय सदस्य गिरिजा अधिकारी,केन्द्रिय सचिवालय सदस्य श्रवणकुमार वर्तौला, प्रकाश थोकर, जिल्ला नेता अमृत बर्तौला, झलक छत्कुली लगायतको आतिथ्यता रहेको थियो ।
गणेश दुलाल/हेटौंडा

All news in One Place