उत्तरी मकवानपुरको गाउँगाउँमा मनाइयो बाल दिवस

मकवानपुरको विभिन्न विद्यालय तथा संघ संस्थाहरुले २९ भदौमा विभिन्न कार्यक्रम गरी राष्ट्रिय बाल दिवस मनाएका छन् । ‘सम्वद्र्धन बालअधिकारको, कार्यान्वयन संविधानको’ भन्ने मूल नाराका साथ राष्ट्रिय बाल दिवस मनाईएको हो । यसै अवसरमा आग्रा गाविस वडा नं १ को ईन्द्रायणी माविमा वाल दिवसको अवसरमा नै एकल गायन प्रतियोगिता भएको छ । बालकल्याण समाजको आयोजना तथा टियरफण्डको आर्थिक सहयोगामा प्रतियोगिता भएको हो । ईन्द्रायणी बालक्लवका अध्यक्ष रविना सापकोटाको सभादक्षतामा भएको प्रतियोगितामा लिला बहादुर तामाङ प्रथम, रोशन सेन्चुरी द्वितीय र रविना सापकोटा तृतीय हुन सफल भएका छन् । 
कार्यक्रमको सञ्चालन विद्यार्थी लिला बहादुर तामाङले गरेका थिए । त्यस्तै टिष्टुङको मनकामना प्रावि, वागेश्वरी मावि, सप्तकन्या प्रावि, नेपाल चम्बर प्रावि र देउराली विविध कार्यक्रम बक्तृत्वकला हाजीरी जवाफ, चित्रकला, चियर तथा ¥याली सम्पन्न भएको छ । वाल कल्याण समाज र टियरफण्डले विजेता विद्यार्थीहरुलाई पुरस्कार वितण गरेका छन् । 
त्यसैगरी मकवानपुरको फाखेल गाविसको महाचुनी उच्च माविमा बक्तृत्वकला प्रतियोगिता कार्यक्रम गरि राष्ट्रिय वाल दिवस मनाईएको छ । विद्यालय र महाचुनी बाल क्लवको संयुक्त आयोजनामा प्रतियोगिता गरिएको हो । प्रतियोगिताबाट साम्रिका कार्की प्रथम, सुनिता थोकर द्वितीय र एलिसा बलामी तृतीय भएका छन् । विद्यालयका प्रध्यानाध्यापक बद्री प्रसाद संजेलको अध्यक्षतामा भएको विद्यालयका शिक्षक बिनोद कुमार यादवले जानकारी दिए 
यसैगरि डाडाखर्क ९ छ्याङदुङमा रहेको कमलादेवी माविमा भलिवल तथा कवर्डी प्रतियोगिता भएको छ । कमलादेवी माविका आयोजनामा भएको प्रतियोगितामा भलिबल तर्फ ३ टिमको सहभागिता रहेको थियो । सो प्रतिगोगितामा कन्चनजंंङ्घा टिम विजय भएको छ । कवर्डीमा छात्रातर्फ लालिगुराँसको सविना गुरुङको टिम प्रथम भएको छ । कमला माविका सहायक प्राध्यनाध्पक निदेश झाको प्रमुख आतिथ्य तथा बाल क्वलका अध्यक्ष विजय स्याङतानको सभाध्यक्षतमा भएको थियो । प्रतियोगितामा प्रथम भएका टिमलाई शैक्षिक साम्रगी प्रदान गरिएको डाडाखर्कबाट निर्मल तिमल्सेनाले खबर पठाएका छन् । त्यस्तै थाहानगरको बज्रवाराही स्थित बज्रवाराही स्रोत केन्द्र स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सुनौला माबि प्रथम, बज्रवाराही उच्च मावि द्वितिय र स्वछन्द उमाबी तृतिय हुन सफल भएका छन् । 
दिवसको अवसरमा अरु विद्यालयहरुमा पनि कार्यक्रमहरु भएको खबर छ ।
नेपालले बालअधिकार सम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बाल सहभागिताजस्ता विषयमा आफ्नो अन्तराष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।
-जनक लामा/थाहानगर
सम्बन्धीत फोटोहरु

 हेर्नुहोस् भिडियो, मकवानपुर टिष्टुङको मनकामना आधारभूत विद्यालयका विद्यार्थीको एक झलक ।

All news in One Place