हेटौंडामा जुवा खेल्ने महिला नगद सहित पक्राउ

प्रहरीले मकवानपुरको  हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० बाट तास खेलिरहेको अवस्थामा ६ जना महिलाहरुलाई पक्राउ गरेको छ । १० नम्बर वडा प्रहरी कार्यालय हेटौडा मकवानपुरबाट खटिएको प्रहरी टोलीले खाल थापी पैसाको हारजित हुने गरी बाजी तास खेलीरहेको अवस्थामा महिलाहरुलाई पक्राउ गरेको मकवानपुर प्रहरीले बताएको छ । 
प्रहरीले खालबाट छ हजार १२५ रुपियाँ र दुई बुक तास पनि जफत गरेको छ । पक्राउ परेकाहरुको आवश्यक अनुसन्धान भैरहेको मकवानपुर प्रहरीले बताएको छ । 

All news in One Place