युवामा केसी, महिलामा बलामी
थाहानगर/युवा संघ नेपाल थाहानगरको पहिलो सम्मेलनबाट बिक्रम केसी अध्यक्षमा सर्वसम्मत भएका छन् । सोमबार भएको नगर सम्मेलनले केसिको अध्यक्षतामा २५ सदस्य कमिटी सर्वसम्मत निर्वाचित गरेको हो । कमिटीमा उपाध्यक्ष प्रवीण श्रेष्ठ, सचिव प्रदीप भट्ट, सहसचिब रमन श्रेष्ठ र कोषाध्यक्षमा इन्साफ केसी निर्वाचित भएका छन् ।