पन्ध्र सयलाई रक्षाबन्धन


हेटौँडा/ब्रह्माकुमारी राजयोग सेवा केन्द्र हेटौँडाले करिब पन्ध्र सय जनालाई रक्षाबन्धन (राखी) बाँधिदिएको छ । बिभिन्न कार्यालय, अस्पताल, बृद्धाश्रम, कारागार, बालगृह लगाएतमा रक्षाबन्धन कार्यक्रम गरिएको हो ।

मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र र भिमफेदी क्षेत्रीय कारागारमा तीन–तीन सय, मध्य क्षेत्र सशस्त्र प्रहरी गण नम्बर ३ रातोमाटे र चुरेहिल अस्पतालमा डेढ–डेढ सय जनालाई रक्षाबन्धन गरिएको हो । त्यस्तै, हेटौँडा सिमेन्ट उद्योग र मानव सेवा आश्रम हेटौँडामा एक सय– एक सय जनालाई रक्षा बन्धन गरिएको बताईएको छ । हेटौँडा अस्पतालमा ९० जना, भीमफेदी बालगृहमा ६० जना, सशस्त्र प्रहरी बेश क्याम्प कर्रामा ५० जना, जिल्ला प्रहरी कार्यालयमा ४५ जनालाई रक्षा बन्धन गरिएको हो ।

मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र, चुरे अस्पताल, हेटौँडा अस्पताल, जिल्ला प्रहरी कार्यालय लगाएत छ सय ५५ जनालाई ब्रह्माकुमारी रेवती दिदीले रक्षाबन्धन बाँध्नु भएको थियो । ब्रह्माकुमारी बिष्णु दिदीले मध्य क्षेत्र सशस्त्र प्रहरी गण, हेटौँडा सिमेन्ट उद्योग, मानव सेवा आश्रम, सशस्त्र प्रहरी बेश क्याम्प कर्रा लगाएत चार सय ९० जनालाई रक्षाबन्धन गरिदिनुभयो । भिमफेदी क्षेत्रीय कारागार, भीमफेदी बालगृह, ओमबृद्धाश्रम चौकिटोल लगाएतमा ब्रह्माकुमारी संगिता दिदीले तीन सय ८३ जनालाई रक्षाबन्धन गरिदिनुभएको हो ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र हेटौँडाकी प्रमुख सञ्चालिका सुशिला दिदीले दया, मायाँ, करुणा बृद्धी गर्दै धर्म रक्षार्थ रक्षाबन्धन बाँधिने गरिएको बताउँनुभयो । काम, क्रोध, लोभ, मोहबाट मुक्त हुन सके मानव जिवनको रक्षा हुनेमा जोड दिनुहुँदै उहाँले नियम र मर्यादाको पूर्ण पालना गराउन रक्षाबन्धन (राखी) बाँध्ने गरिएको बताउनुभयो ।

All news in One Place