खोज, उद्धार तथा प्राथमिक उपचारसम्बन्धी दोस्रो तालिम शुरु


थाहानगर/सामुदायिक उर्जा तथा पर्यावरण विकास मञ्च मकवानपुरले पाँच दिने खोज, उद्धार तथा प्राथमिक उपचारसम्बन्धी दोस्रो  तालिम शनिबार शुरु गरेको छ । गत साउन ३२ गते सोबामबारबाट शुरु भएको पहिलो तालिम शुक्रबार समापन गरी शानिबारबाट दोस्रो तालिम शुरु गरिएको संस्थाका अध्यक्ष मणिप्रसाद सुवेदीले जानकारी दिए ।

टियर फण्डको आर्थिक सहयोगमा टिस्टुङ र आग्राको वडास्तरीय विपद व्यवस्थापन समितिले पठाएका ४० जनालाई सहभागी गराई थाहा नगरपालिकाको शिखरकोटमा तालिम शुरु गरिएको हो । 

टियर फण्डका विपद व्यवस्थापन तथा जीवीकोपार्जन कार्यक्रम अधिकृत माधव पण्डितको प्रमुख आतिथ्यतामा  तालिमको उद्घाटन गरिएको थियो  । सो अवसरमा कार्यक्रम अधिकृत पण्डित, प्रमुख प्रशिक्षक लक्ष्मण माली, पत्रकार कुमार नेगी  लगायतले मन्तव्य व्यक्त गरेका थिए । आयोजक संस्थाका कार्यक्रम संयोजक बिमल ओझाले संचालन गरेको कर्यक्रममा सहभागीहरुलाई मूल्याङ्कन अधिकृत इस्मी राइले स्वागत मन्तव्य गरेकी थिइन् । 

संस्थाका अध्यक्ष मणिप्रसाद सुवेदीको अध्यक्षताामा भएको उद्घाटन कार्यक्रममा टियरफण्डका लग अफिसर भक्ति गुरुङ, इन्जिनियर अजय खड्का लगायतको उपस्थिति रहेको थियो । 

All news in One Place