फेसबुकबाट जातीय अपमान गर्ने क्रान्तिकारी नेतृ कारबाहीमा
माओबादी केन्द्रले तामाङ महिला र विश्वकर्मा महिलालाई राज्य मन्त्री बनाएकोमा उनीहरुको जातीय अपमान हुने गरी फेसबुकमा स्टाटस राख्ने सावित्री सुबेदीको सर्वत्र आलोचना मात्र भएन, त्यही आलोचनाका कारण उनी संलग्न अखिल क्रान्तिकारी उनलाई कारबाही गर्न बाध्य भएको छ ।

उता, मोआबादी केन्द्रनिकट महिला साँसदहरुले भने महिलालाई फूल मन्त्री नबनाएकोमा पार्टीको आलोचना गर्दै आएका छन् ।
प्रस्तावित केन्द्रीय सदस्य रहेकी सुवेदीलाई नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले सदस्यबाट बखास्त गरेको छ । सुवेदीलाई साधारण सदस्यसमेत नरहने गरी निस्कासित गरिएको क्रान्तिकारकिा अध्यक्ष नरेन्द्र न्यौपाने बताए ।
यद्यपि क्रान्तिकारीले सुवेदीलाई कारबाही गर्नुको मुख्य कारण फेसबुकमा उनले लेखेको प्रधानमन्त्री प्रचण्डप्रतिको अपशब्दलाई मानिएको छ । आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डलाई अपशब्द प्रयोग गर्दै स्टाटस लेखेकोमा क्रान्तिकारीको विशेष आपत्ति थियो ।