खोज, उद्धार र प्राथमिक उपचार तालिम शुरु

टियर फण्डको आर्थिक सहयोगमा टिस्टुङ र आग्राको वडास्तरीय विपद व्यवस्थापन समितिले पठाएका ३८ जनालाई सहभागी गराई थाहा नगरपालिकाको शिखरकोटमा तालिम शुरु गरिएको हो ।
टियर फण्डका एरिया कोअर्डिनेटर मुकुन्द केसीले एक समारोहका बीच तालिमको उद्घाटन गरेका थिए । सो अवसरमा एरिया कोअर्डिनेटर केसी, विपद व्यवस्थापन संयोजक माधब पण्डित, प्रमुख प्रशिक्षक लक्ष्मण माली, बाल कल्याण समाज मकवानपुरका परियोजना संयोजक कुमार नेगी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।