सामाजिक काममा सक्रियता बढाउँदै थाहानगरको शिखरक्लब
मकवानपुर थाहा नगरपालिकाको शिखरकोटमा क्रियाशील शिखर क्लबले सामाजिक कार्यलाई तिब्रता दिएको छ । ३० साउनमा शिखरकोटमा रहेको क्लबमा आवद्ध युवाहरुले जिर्ण चुनदेवी मन्दिर छेवैको सार्वजनिक पाटीको सरसफाई गरेका छन् ।
शिखरक्लबको साधारणसभाबाट निर्वाचित भएकको भोलीपल्टे नयाँ कार्य समितिको नेतृत्वमा यस्तो कार्य भएको हो । शिखरक्लब मकवानपुरकै पुरानो क्लब मध्येको एक हो । शिखर क्लब वि.सं. २०५४ सालमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा दर्ता भएको थियो ।
क्लबको अगुवाइमा भएको जिर्ण पाटीको सरसफाई कार्यक्रममा क्लबका अध्यक्ष अनित कुमार खत्री, नेपाल रेडक्रस सोसाइटी मकवानपुरका सामाजिक परिचालक नबिन कार्की, रेडक्रसकी स्वयंसेवक रुना खत्री, स्स्थानीय शक्ति कुमार रायमाझीलगायतका युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो । शिखरक्लबले युवाहरुको सशक्तीकरणका लागि विभिन्न कार्यक्रम, खेलकुदका कार्यक्रम सहित सरसफाईको कार्यक्रमलाई पनि संचालन गर्ने लक्ष्य रहेको क्लबले जनाएको छ ।

शिखरक्लबको कार्य समितिमा को को छन् ?
- अध्यक्ष : अनित कुमार खत्री क्षेत्री
- उपाध्यक्ष : पुर्णध्वज केसी
- सचिव : मनोज रायमाझी
- कोषाध्यक्ष : सुमन विष्ट
- सदस्य : निरज रायमाझी
- सदस्य : रोशन रायमाझी
- सदस्य : नवीन रायमाझी
- सदस्य : इशाक केसी
- सदस्य : रवीन विष्ट
- सदस्य : सुदीप रायमाझी
- सदस्य : सन्तोष कार्की

सल्लाहकारहरु:
- राजीव कुमार स्याङ्तान
- सुरजकुमार भुजेल
- दिनेश कुमार स्याङ्तान
- सुजन कुमार रायमाझी
- हरिशरण रायमाझी
- उदयदास श्रेष्ठ
- राजेश केसी