पत्रकारको मायालु फेसबुकमै हिट

प्रत्येक दिन विहान र बेलुका ताजा समाचार लिएर घरघरको रेडियो मार्फत समाचार सुनाउने दुई पत्रकारले तिज गित सुनाउँदै घरघरमा आएकाछन् । पत्रकारहरुले पनि गित गाउँछन् र भन्नेहरुका सामु उनीहरुको गित बजारमा घन्किन थालेको छ । सामुदायिक सूचना नेटवर्क (सिआइएन)मा कार्यरत् शोविता रिसाल र राजन रुचालको स्वर र शब्दमा रहेको तीज गीत बजारमा आएको छ । संचार गृहमै काम गर्दा गर्दे त्यहि फुरेको शब्दलाई तीजको गित बनाएर बजारमा ल्याएका हुन् । 

पत्रकारहरुले ट्वीटर छिनछिनमा समाचार पोष्ट गर्ने र मोडलले फेसबुकमा धेरै फोटो सेयर गर्ने गरेकाले त्यही विषय समेटेर मेरो मायालु फेसबुक र ट्वीटर हिट बोलको गीत रचना गरेर गाएको पत्रकार शोविता रिसालको भनाई छ । छिनछिनमै फेसबुक चलाउनुपर्ने युवा बानी र बारम्बार ट्वीट गर्ने पत्रकारको विषयलाई गीतमा समेटिएको छ । पहिलेदेखि नै आफ्नो रुची गायनमा रहेको बताउने रिसालले आउँदा दिनमा अरु गीत पनि गाउने योजना रहेको सुनाइन् । मेरो मायालु फेसबुक र ट्वीटरमा हिट बोलको गीतमा शब्द र स्वर पत्रकारद्वय रिसाल र रुचालको छ । लय संयोजन रुचालले गरेका छन् । गीतमा संगीता रसाईली र अशोक दुवाडीले अभिनय गरेका छन् ।

All news in One Place