मेनइञ्गेज एलाइन्स सल्लाहकारमा खतिवडा
हेटौंडा/लैङिक हिसां अन्त्यका लागि पुरुषको सहभागिता (मेनइञ्गेज एलाइन्स नेपाल)को केन्द्रीय सभा काठमाडौंमा भएको छ । सभाले बाल कल्याण समाज मकवानपुरका कार्यक्रम संयोजक प्रकाश खतिवडालाई केन्द्रीय सल्लाहकार परिषद्मा चयन गरेको छ ।
एलाइन्सको शनिवार राजधानीमा सम्पन्न सभाले पार्टनरसिप नेपालका कृष्ण थापाको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरेको छ । सदस्यमा राधा पौडेल, सोनी प्रधान, रेणु सिजापति, मिना विष्ट, किरण सिलपकार, मनभक्ति साह, ध्रुव गौतम र कपिल काफ्लेसहित १४ जना चयन भएका हुन् । सभाले खतिवडासहित १४ जनालाई सल्लाहकारमा चयन गरेको हो ।
सल्लाहकारमा चयन भएपछि कार्यक्रममा बोल्दै खतिवडाले लैङिक हिसां अन्त्यका लागि पुरुषको सहभागिता गराई महिला हिसांको अन्त्य गर्ने उद्धेश्यले आगामी दिनमा कार्य गरिने बताए । उनले जिल्लामा अधिक मात्रामा रहेको बोक्सी प्रथा कायम रहेकोेले बोक्सी प्रथा र महिला हिंसा अन्त्य गर्न प्रभावकारी ढंगले कदम चाल्ने धारणा राखे ।
सल्लाहकारमा कल्याण श्रेष्ठ, बन्दना राणा, इन्दु पन्त, बेनु गुरुङ, जगत खड्का, टंक पन्त, सरु जोशीलगायत १४ जना सल्लाहकार परिषद्मा चयन भएका छन् ।
सर्वोच्च अदालतका भूतपूर्व प्रधानन्यायाधिश कल्याण श्रेष्ठको प्रमुख आतिथ्यता तथा एलाइन्स दक्षिण एसियाका संयोजकसमेत रहेका एलाइन्स नेपालका पूर्व संयोजक कपिल काफ्लेको सभाध्यक्षतामा केन्द्रीय सभा सम्पन्न भएको थियो । सभामा ५३ जना सदस्यहरुको संस्थागत उपस्थिति थियो । नेपालमा सचिवालय रहेको दक्षिण एसिया एलाइन्सले महिला हिंसाका विरुद्धमा कानुनको कार्यान्वयन तथा आवश्यक कानुन बनाउन वकालत गर्ने, कानुनको पूर्ण परिपालना गर्न लगाउने, महिला हिंसाविरुद्धमा पुरुषको सहभागिता क्रियाशिल गराएर हिंसा अन्त्यमा उल्लेखनीय योगदान रहेको सल्लाहकार खतिवडाले बताए ।