अधिकारका सवाल उठाउँदै मार्खुमा तीज विशेष कार्यक्रम (भिडियो सहित)
मकवानपुरको मार्खु गाविसमा महिला नेतृत्व कार्यक्रम अन्तर्गत गठन भई क्रियाशील रहेको संघर्षशील महिला संजालमा आवद्ध महिलाहरुले तिजको अवसरमा दरखाने तथा सचेतनामुलक कार्यक्रम गरेका छन् । संजालका लागि नारी सीप सृजना केन्द्र हेटौंडाले सहयोग गर्दे आएको छ ।
मार्खुको सृजना महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष सावित्री गौतमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महिलाहरुले दर मात्र खाएनन्, गाउँमा हुने गरेको विभिन्न विभेद महिलाहरुको स्थिती लगायतको विषयमा पनि खुलेर अन्तरक्रिया गरे । कार्यक्रममा महिलाहरुले गित पनि उही महिलाहरुकै अधिकारमा आधारित भएर गाएका थिए । उनीहरुले कविता तथा अन्य माध्यमबाट महिलाहरुको अधिकारका सवाल उठाएको नारी सीप सृजना केन्द्रकी सहजकर्ता सम्झाना बलामीले जानकारी दिइन् । महिलाहरु चर्चित गितहरु बजाएर छमछमी नाचेका पनि थिए ।
कार्यक्रममा वडा नागरिक मञ्चका संयोजक तथा प्रतिनीधीहरु, आमा समूहका प्रतिनीधिहरु, छलफल केन्द्रका प्रतिनीधिहरुलगायतकाको उल्लेख्य सहिभागिता रहेको थियो । कार्यक्रम संघर्षशील महिला संजालकी अध्यक्ष संगिता भ्लोनको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।
-हेर्नुहोस् भिडियो