लागूपदार्थ दुव्र्यसनी विरुद्ध सबै एक जुट हुनुपर्नेमा जोड

लागूपदार्थ दुव्र्यसनी विरुद्ध सबै एक जुट हुनु पर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । हेटौडा उपमहानगरपालिका १४, बनस्पतिमा आज भएको एक अन्तरकृया कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् । कार्यक्रममा प्रहरी उपरिक्षक मिरा चौधरीले लागू पदार्थ दुव्र्यसनी, घरेलु हिंसा विरुद्ध सहजीकरण गर्नु हुँदै यसको नियन्त्रणको लागि प्रहरी परिचालन गर्ने समेत उहाँले बताउनु भयो । 

यसैगरी, कुखरेनी खोलाको सडक छेउमा जथाभावी रुपमा सवारी रोकी पखाल्ने क्रम रोकी महिला तथा किशोरीलाई हिड्नको लागि सहज वातावरण बनाउन प्रहरीको सकृयता बढ्ने छ, प्रहरी उपरिक्षक चौधरीले बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले बनस्पति सामूदायिक प्रहरी सेवा केन्द्रमा २ जना हवल्दार र सिपाही थप गर्ने समेत बताउनु भयो । सामाजिक सुरक्षाको लागि प्रहरीसंगै स्थानिय जनताको पनि बराबर जिम्मेवारी भएको उहाँले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र सहास नेपालको सहयोगमा स्थानिय शक्ति, सकृय, सामाना स्वावलम्बन समूहको संयुक्त आयोजनामा भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक सुरक्षा केसी, सामूदायिक प्रहरी सेवा केन्द्र जिल्ला अध्यक्ष राम विष्ट, पदमपोखरी सामूदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष विश्व आले मगर, खानेपानी उपभोक्ता समिति बनस्पतिका अध्यक्ष तेज बहादुर स्याङतान, विद्द्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोक डिम्डुङ, सल्लाहकारहरु अच्युत कुँवर, बसन्त कुमार लामा लगायतको उपस्थिति रहेको कार्यक्रम हिरामाया लामाको अध्यक्षतामा भएको सहास नेपालको सामाजिक परिचालक प्रेनम वाईबाले जानकारी दिनु भएको छ ।


All news in One Place