संयुक्त राजनैतिक दलित संघर्ष समिति मकवानपुरद्वारा ज्ञापन पत्र

हेटौंडा/ २०७३ असार २५ गते काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर ६ का अजित मिजार र सोही जिल्ला ज्याम्दी गाबिस ८ कि कल्पना पराजुली बिच अन्तर्जातीय प्रेम बिबाह भएकै कारण  हत्या गरिएका अजित मिजार हत्याको बिरोधमा मकवानपुरका सम्पुर्ण दलित समुदायको तर्फबाट संयुक्त राजनैतिक दलित संघर्ष मकवानपुरले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीज्युलाई ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापन पत्र बुझाउन नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रीय सदस्यद्वय गणेश रसाइली , युक्तलाल बिश्वकर्मा नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य जंगबहादुर बिश्वकर्मा नेपाल दलित संघका केन्द्रिय सदस्य पबित्रा बिश्वकर्माको उपस्थिती रहेको थियो ।

संयुक्त राजनैतिक  दलित संघर्ष समिति मकवानपुरका संयोजक रत्नलाल बिश्वकर्मा  सदस्यहरु मिलन परियार राम कुमार सिल्वाल द्वारा संयुक्त हस्ताक्षरित उक्त ज्ञापन पत्रमा तीन सुत्रिय मागहरू रहेका छन ।ज्ञापन पत्रमा नेपाल सरकारद्वारा गठित समितिबाट भरपर्दो र निश्पक्ष छानबिन हुन नसक्ने हुनाले केन्द्रीय स्तरबाट स्वतन्त्र र अधिकार सम्पन्न उच्च स्तरीय छानबिन समिति गठन गरियोस, हत्याकाण्डका हत्यारा तथा किटानी जाहेर गरिएका अपराधीलाई कार्बाही गरियोस र पीडितलाई उचित क्षतिपूर्ति दिइयोस र उनीहरुको परिवार लगायतको सुरक्षा गरियोस  मागहरू रहेका छन।

 मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा मानबहादुर बिश्वकर्माले ज्ञापन पत्र प्रधानमन्त्री समक्ष पुर्याई राज्यको गम्भीर ध्यानाकर्षण गराउन आफू प्रतिबध्द रहेको   कुरा व्यक्त गर्नु भएको थियो ।

All news in One Place